२३ असार २०८३, मंगलबार

साप्सुखोला जलविद्युत् आयोजनाको शेयर बिक्री खुला

बैशाख १३, २०८०
साप्सुखोला जलविद्युत् आयोजनाको शेयर बिक्री खुला

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोला जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री खुलाइएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी थ्रीस्टार हाइड्रो पावर कम्पनीले उत्पादन गरेको ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री खुला गरिएको हो । 

आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर बिक्री खुला गरिएको थ्रीस्टार हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिकाका सबै ११ वडा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै सातवटै वडाका स्थानीय बासिन्दाले शेयरका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थ्रीस्टार हाइड्रो पावर कम्पनीका आयोजना प्रमुख प्रदीप दाहालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्