१० साउन २०८३, आइतबार

शाहरुख खान र तापसी पन्नुको नयाँ फिल्म दुनकीको शूटिङ जारी, कश्मीरको भिडियो सार्वजनिक

बैशाख १४, २०८०
शाहरुख खान र तापसी पन्नुको नयाँ फिल्म दुनकीको शूटिङ जारी, कश्मीरको भिडियो सार्वजनिक

बलिउड सुपरस्टार शाहरुख खानले तापसी पन्नुसँग मिलेर खेलेको नयाँ फिल्म दुनकीको शूटिङको भिडियो सार्वजनिक भएको छ । 

उनीहरू आउटडोर लोकेशनमा देखिएका छन् । 

राजकुमार हिरानीले निर्देशन गरेको फिल्मको शूटिङका लागि शाहरुख सोमवार कश्मीर पुगेका थिए । 

दुनकीको सेटबाट लीक भएको भिडियोमा शाहरुखले रातो ज्याकेट र कालो ट्राउजर लगाएको देखिन्छ । तापसी पन्नुले चाहिँ सेतो ज्याकेट र नीलो जीन्स लगाएको देखिन्छ । 

टुरिस्ट स्पटमा टीशर्ट र टोपीहरू बेच्न राखिएको पनि क्लिपमा देखिन्छ । 

शाहरुखले राष्ट्रिय पुरस्कार विजेता राजकुमार हिरानीसँग पहिलोपटक फिल्म गरेका हुन् । फिल्ममा तापसी पन्नु र विकी कौशल पनि छन् । 

यो फिल्म डिसेम्बर महिनामा सार्वजनिक हुने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्