
नेपाल आयल निगमको रिक्त विभिन्न पदहरूमा पदपूर्ति गर्न लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।
लोक सेवा आयोगबाट विभिन्न मितिमा लिइएको लिखित परीक्षाको नतिजामा उम्मेदवारहरू छनोट भएको निगमले जारी गरेको सूचनामा उल्लेख छ ।
छनोट भएका उम्मेदवारलाई निगमले नेपाली नागरिकता, शैक्षिक योग्यता, अनुभव, समकक्षता, समावेशी समूहको पहिचान खुल्ने प्रमाणपत्र लगायत आवश्यक कागजातसहित उपस्थित हुन सूचित गरिएको छ ।
प्रयोगात्मक परीक्षा भएका पदहरूको हकमा प्रयोगात्मक परीक्षाको मिति, समय र स्थान निगमको वेबसाइटमा प्रकाशित गरिने जनाइएको छ ।

