२३ असार २०८३, मंगलबार

संसद् बैठकमा हंगामा, रवि लामिछानेले भने–एमालेका फरार सांसद कोइरीको सूचना मसँग छ

बैशाख १५, २०८०
संसद् बैठकमा हंगामा, रवि लामिछानेले भने–एमालेका फरार सांसद कोइरीको सूचना मसँग छ

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर संसदमा हंगामा भएको छ । लगातार १० बैठकमा अनुपस्थित हुने सांसदको जानकारी गराउने क्रममा सभामुख देवराज घिमिरेले विरामी परेर अनुपस्थित भएको बताएका थिए । 

त्यसपछि कांग्रेस, माओवादी र रास्वपाका सांसदहरू विरोधमा उभिएका थिए । सभामुखसँग समय लिएर रास्वपाका सभापति रवि लामिछानेले फरार अभियुक्तलाई विरामी भनिएकोमा आपत्ति जनाएका हुन् । 

‘यो पेचिलो विषय हो, म गृहमन्त्री परेको बेला उहाँ फरार अभियुक्त हो । उहाँ भागेर जानु भएको ठाउँको बारेमा मलाई सूचना छ । सार्वजनिक गर्न नमिले पनि अनुसन्धान गर्ने निकायलाई दिन सक्छु । एउटा फरार व्यक्तिलाई विरामी करार गर्ने हो भने लोकतन्त्रका लागि मजाक हुन्छ । यो हास्यास्पद श्रृंखला बन्द गर्नुपर्छ’ लामिछानेले भने । 

राजनीतिका नाममा लाजनीति नचलाउन उनले आग्रह गरे । 

‘एउटा कुरा हेक्का राखियोस नयाँ पुस्ता राजनीतिमा आएका छन् । राजनीतिका नाममा लाजनीति नचलोस् । फरार अभियुक्तलाई विरामीको करार दिएर यो संसदले भत्ता मजाक नगरोस’ उनले भने ।  
 

salt training

कमेन्ट गर्नुहोस्