
अमेरिकाको साउथवेस्ट एयरलाइन्स्को बोइङ ७३७ म्याक्स विमान उडानकै क्रममा डाइभर्ट गरिएको छ ।
विमानका सबै शौचालयहरू बिग्रेकाले डाइभर्ट गर्नुपरेको बताइएको छ ।
ओकल्यान्डबाट शिकागो गइरहेको विमान लास भेगासतर्फ लगिएको थियो ।
डब्ल्यूएन१९२३ उडान नम्बरको विमान ३७ हजार फीटको उचाइमा हुँदा कर्मचारीहरूले त्यसलाई लास भेगासतर्फ डाइभर्ट गराएका थिए । शौचालयले काम नगरेकाले विमान डाइभर्ट गरिएको बताइएको छ ।
यस विमानमा पछाडि दुईवटा र अगाडि एउटा शौचालय हुन्छ ।
शौचालयमा ठ्याक्कै के समस्या आएको थियो भनी खुलाइएको छैन ।
विमान लास भेगासमा दुई घन्टासम्म रहेर पुनः उडेको थियो । यात्रुहरू निर्धारित समयभन्दा साढे दुई घन्टापछि शिकागो पुगेका थिए ।