बलिउड अभिनेत्री कृति सेननले सीता नवमीको अवसरमा शनिवार आफ्नो नयाँ फिल्म आदिपुरुषको मोशन पोस्टर सार्वजनिक गरेकी छन् ।
पोस्टरसँगै राम सिया राम शब्दमा सजिएको धुन सहितको अडियो टीजर पनि सार्वजनिक गरिएको छ ।
फिल्ममा कृति भगवती सीताको भूमिकामा छिन् ।
मोशन पोस्टर र अडियो टीजर सार्वजनिक गरेपछि कृति पुणेमा रहेको तुलसीबाग स्थित राम मन्दिरमा दर्शन गर्न पुगिन् । त्यहाँ उनले पिंक सुट लगाएकी थिइन् अनि शिरलाई दुपट्टाले छोपेकी थिइन् । भक्तिभावका साथ सीतारामको दर्शन गरी कृतिले चरणमा फूल पनि अर्पण गरेकी थिइन् ।