३१ जेठ २०८३, आइतबार

आफ्नो लगेजमा ‘भ्याम्पायर स्ट्र’ बोक्ने व्यक्ति पक्राउ, के हो त्यो ?

बैशाख १८, २०८०
आफ्नो लगेजमा ‘भ्याम्पायर स्ट्र’ बोक्ने व्यक्ति पक्राउ, के हो त्यो ?

अमेरिकाको बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा एक व्यक्तिको लगेजमा ‘भ्याम्पायर स्ट्र’ भेटिएपछि व्यक्तिलाई पक्राउ गरिएको छ । 

बोस्टनबाट शिकागो जान लागेका ती व्यक्तिलाई अप्रिल २३ मा पक्राउ गरिएको हो । उक्त कुरा हतियारका रूपमा उपयोग गर्न सकिने भएकाले संवेदनशील वस्तुको सूचीमा पर्छ । 

जुस पिउनका लागि उपयोग हुने स्ट्र लगेजमा बोक्न पाइने भए पनि भ्याम्पायर स्ट्र चाहिँ प्रतिबन्धित वस्तुमा पर्छ । 

ती व्यक्तिमाथि खतरनाक हतियार बोकेको आरोप लगाइएको मासाचुसेट्स प्रहरीले बयान जारी गरी जनाएको छ । प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । 

धातुको उक्त स्ट्रको एक छेउमा स्जाबोइन्क डट्कम लेखिएको छ । स्ट्रको मजबुती, लम्बाइ र चक्कुको जस्तो धारका कारण त्यसलाई हतियारका रूपमा उपयोग गर्न सकिन्छ । 

टाइटेनियमबाट बनेको उक्त स्ट्रलाई ८५ डलर पर्छ । यसले प्रयोगकर्तालाई बाक्लो मिल्कशेक वा स्मूदी सजिलै पिउन सहायता गर्ने बताइएको छ । 

स्मूदी पिउन सजिलो पार्नुको साथै यसले आत्मरक्षा पनि गराउने र चक्कुको रूपमा प्रयोग गर्न सकिने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्