३१ जेठ २०८३, आइतबार

कला प्रदर्शनीमा राखिएको महंगो केरा झिकेर खाए यी व्यक्तिले (भिडियो)

बैशाख १९, २०८०
कला प्रदर्शनीमा राखिएको महंगो केरा झिकेर खाए यी व्यक्तिले (भिडियो)

दक्षिण कोरियाको राजधानी सौलमा रहेको लीउम कला संग्रहालयमा राखिएको महंगो केरा एकजना विद्यार्थीले झिकेर खाइदिएका छन् । 

माउरिजियो कात्तेलान नामक कलाकारले कमेडियन शीर्षकमा राखेको केरा सौल नेशनल विश्वविद्यालयमा कला विषय अध्ययन गरिरहेका एक विद्यार्थीले खाइदिएका हुन् । 

पाकेको केरालाई टेप टाँसेर भित्तामा राखिएको थियो । 

केरा खाने विद्यार्थीको नाम नोह हुइन–सू भएको बताइएको छ । उनले केरा खाएको भिडियो इन्स्टाग्राममा अप्लोड गरिएको छ । आधा केरा खाएर उनले त्यसलाई फेरि भित्तामा टाँसेका थिए । 

आफूलाई भोक लागेकाले केरा झिकेर खाइदिएको नोह बताउँछन् । 

सीएनएनका अनुसार, इन्स्टलेशन आर्टका रूपमा रहेको केरा तीन दिनमा बदलिने गरेको छ । यो कला सन् २०१९ मा १ लाख २० हजार डलरमा बिक्री गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्