०५ साउन २०८३, मंगलबार

नेप्से ९ दशमलव १८ अंकले घट्यो

बैशाख २०, २०८०
नेप्से ९ दशमलव १८ अंकले घट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक नौ दशमलव  १८ अंकले घटेको छ । बुधवार नौ दशमलव १८ अंकले घटेर एक हजार आठ सय ५७ दशमलव  २३ अंकमा पुगेको छ ।​

नप्सेका अनुसार बुधवार दुई सय ६५ वटा कम्पनीको २१ लाख ५५ हजार पाँच सय ८६ कित्ता शेयर १८ हजार आठ सय ७६ पटक खरिद बिक्री हुँदा रू ६२ करोड दुई लाख ६६ हजारको कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ र म्युचुअल फन्ड शून्य दशमलव ०३ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । 

सबैभन्दा धेरै जीवन बीमा समूह ५९ दशमलव ६९ र होटल तथा पर्यटन समूह ५२ दशमलव ६० अंकले घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्