मंसिर ११, २०८०
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किरात राई समुदायको उभौली पर्व मनाइँदैछ ।
उभौलीका अवसरमा पूर्वका किरात बस्तीमा अहिले साकेलाको रौनक छाएको छ ।
साकेला थानमा विधिपूर्वक पूजा गरी औपचारिकरूपमा साकेला उभौली प्रारम्भ हुने किरात राई यायोक्खा जिल्ला कमिटी उदयपुरका अध्यक्ष गंगा राईले बताए ।
किरात राईहरूको बसोबास रहेको कोशी प्रदेश अन्तर्गतका पूर्वी पहाडी जिल्लाका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ तथा राजधानी काठमाडौं आदि शहरमा रहेका राई समुदायले यो पर्व धुमधामका साथ मनाइरहेका छन् । उभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख–शान्ति फैलियोस्, दैवीप्रकोप तथा विपत्ति नआउन् भनेर मनाउन थालिएको बूढापाका बताउँछन् ।
पानी पर्न थालेपछि नदी, खोला, खहरेमा समेत पानी बढ्दै जाने समयमा प्रकृति पूजक किरात समुदायले माछा उकालो (उँभो) पानी आउने ठाउँतिर बसाइँ सरेको समयलाई समेत उभौलीको संकेतका रूपमा यो पर्व मनाइने गरेको पाइन्छ । मानिस, जनावर तथा चराचुरुङ्गी बेंसीतिरबाट लेकतिर सर्ने संकेत गर्न तथा अन्नबाली लगाएको खुशीयालीमा मनाइने किरात राई संस्कृतिका अध्येता शुभराज राई बताउँछन् ।
भाषा, संस्कार तथा संस्कृतिले आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उभौलीका अवसरमा संसारभर छरिएका किरात आपसमा शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए । उभौलीका अवसरमा सामूहिकरूपमा दुःख–सुख साट्दै संस्कृति झल्काउने पोशाकमा साकेला नाचिन्छ ।
पछिल्लो युवापुस्तामा समुदायको वेषभूषा लगाउने र साकेला नाच्ने आकर्षण नै बढ्दै गएको छ । हातमा सेउली, चमर लिएर, ढोल, झ्याम्टाका साथ किरात बस्तीमा युवा–युवती रमाउने गरेका छन् । चर्को गर्मी, वर्षा झरीको समेत वास्ता नगरी युवापुस्ता उभौली साकेलामा रमाउने गर्दछन् ।
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...