१९ असार २०८३, शुक्रबार

ट्विटरमा भोइस र भिडियो च्याट राख्ने इलोन मस्कले दिए जानकारी

बैशाख २७, २०८०
ट्विटरमा भोइस र भिडियो च्याट राख्ने इलोन मस्कले दिए जानकारी

सामाजिक सञ्जाल ट्विटरका सीईओ इलोन मस्कले नयाँ फीचरहरूका बारेमा जानकारी दिएका छन् । 

पोहोर साल नै मस्कले ट्विटर २.० वा सबैथोक भएको याप विकसित गर्ने संकेत दिएका थिए । ट्विटरको नयाँ संस्करणमा इन्क्रिप्ट गरिएको डिरेक्ट मेसेज, लामालामा ट्वीट र पेमेन्ट प्रणाली पनि राखिनेछ । 

त्यसैगरी ट्विटरमा भोइस र भिडियो च्याटको व्यवस्था पनि गरिने मस्कको भनाइ छ । ट्विटर ह्यान्डलको भरमा मानिसहरूले संसारको जुनसुकै कुनामा संवाद गर्न सक्नेछन् र उनीहरूलाई फोन नम्बर साटाुाट गर्नुपर्ने आवश्यकता पनि छैन ।

मेटाको स्वामित्व रहेको फेसबूक र इन्स्टाग्राम जस्ता यापमा भोइस र भिडियो च्याटको व्यवस्था पहिलेदेखि नै छ । 

आजैबाट ट्विटरमा इन्क्रिप्ट गरिएका डिरेक्ट मेसेज पठाउने व्यवस्था गरिनेछ । भोइस र भिडियो कललाई पनि इन्क्रिप्ट गरिन्छ कि गरिँदैन भन्ने कुरा चाहिँ मस्कले स्पष्ट पारेका छैनन् । 

यसबाहेक ट्विटरले लामो समयदेखि निष्क्रिय रहेका खाताहरूलाई हटाउने घोषणा गरेको छ । यसले ट्विटरको मर्यादा कायम रहने अनि सक्रिय प्रयोगकर्ताहरूले वास्तविक अकाउन्ट तथा सान्दर्भिक सामग्रीसँग अन्तर्क्रिया गर्न पाउने ट्विटरको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्