२३ असार २०८३, मंगलबार

सुमधुर स्वरकी धनी सिता

कात्तिक २०, २०७४
सुमधुर स्वरकी धनी सिता
काठमाडौं, १९ भदौ- लोकसंगीतमा लाग्न सानो तिनो लगावले पुग्दैन । लगनशीलता र निरन्तरता कला र संगीतमा सफलताका प्रमुख कडी हुन् । यिनै कुरा पछ्याउन सक्ने ब्यक्ति नै गीत संगीतमा सफल हुन्छ । त्यसैको एक उदाहरणको रुपमा नजगायिका सिता श्रेष्ठ देखिएकी छिन् । प्रकृतिबाट नै सुमधुर स्वर बरदान पाएकी श्रेष्ठ छोटो समयमै लाखौं श्रोताको मन जित्न सफल भएकी छिन् ।

https://www.youtube.com/watch?v=M27IISGmRp8

उनको स्वर सुनेर धेरैलाई संगीत प्रशिक्षण लिएर संगीत क्षेत्रमा प्रवेश गरेको हो की भन्ने भान हुन्छ तर, सानैदेखि संगीतमा रुचि भए पनि उनले औपचारिक कक्षाबिना नै यस क्षेत्रमा लागिरहेकी छिन् । उनले हालसम्म विभिन्न लोकदोही गीतमा स्वर दिएकी छिन् । तीजको गीतमा उनले आफ्नो सुमधुर आवाज दिएकी छिन् । एकै वर्षमा १५ वटा गीतमा आवाज भर्न सफल उनले अहिलेसम्म १६ भन्दा बढी गीतमा आवाज भरेकी छिन् ।

उनको आवाजका लागि संगीत व्यवसायी ललायित देखिन्छन् भने अहिले देशका विभिन्न स्थानमा स्टेज कार्यक्रममा समेत उनी व्यस्त देखिन्छिन् । विभिन्न देशबाट पनि बोलाउने क्रम जारी रहेको र निकट भविष्यमै विदेशमा कार्यक्रमको लागि जान लागेको उनले बताएकी छिन् ।

उनले पछिल्लो पटक कठै मेरो माइती गाउँ नामक निकै मार्मिक तथा मर्मस्पर्शी गीतमा स्वर भरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्