०२ साउन २०८३, शनिबार

आदिपुरुष फिल्मको ट्रेलर बन्यो भाइरल (भिडियो)

बैशाख २८, २०८०
आदिपुरुष फिल्मको ट्रेलर बन्यो भाइरल (भिडियो)

प्रभास र कृति सेननको मुख्य भूमिका रहेको फिल्म आदिपुरुषको ट्रेलर अहिले चर्चामा छ । 

विगत २४ घन्टामा ट्रेलरले ५ करोड ५० लाख भ्युज पाइसकेको छ र अहिले यो ट्रेन्डिङको पहिलो नम्बरमा छ । 

गत अक्टोबर महिनामा फिल्मको टीजर सार्वजनिक हुँदा दर्शकले मन नपराएर व्यापक ट्रोलिङ गरेका थिए । दर्शकहरूको प्रतिक्रियालाई गम्भीर रूपमा लिएर निर्माताहरूले कडा मेहनत गरेर फिल्मलाई सुन्दर बनाउने कोशिश गरे । 

फलस्वरूप, अहिलेको ट्रेलरको प्रशंसा भइरहेको छ । 

ट्रेलर भाइरल हुँदा त्यसले रणवीर कपूरको तू झूठी मैं मक्कार अनि केजीएफ च्याप्टर २ को ट्रेलर भ्युजलाई पनि पछि पारिदिएको छ ।

फिल्ममा प्रभास भगवान् राम, कृति सेनन माता सीता तथा सनी सिंह हनुमानको भूमिकामा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्