हंसल मेहताको निर्देशनमा बनेको अपराधकथामा आधारित वेबसिरीज 'स्कूप'को ट्रेलर सोमवार सार्वजनिक भएको छ ।
करिश्मा तन्ना, प्रोसेनजीत चटर्जी र हर्मन बावेजाको मुख्य भूमिका रहेको सिरीज नेटफ्लिक्समा जुन २ मा सार्वजनिक हुनेछ ।
ट्रेलरमा महिला पत्रकार जागृतिको कथा छ । उनी प्रहरी, अन्डरवर्ल्ड र मिडियाको साँठगाँठमा फसेकी हुन्छिन् । एउटा फोन कलले अनेकौं घटनाहरूको आरम्भ गराउँछ ।
पत्रकार जिग्ना वोराको संस्मरण 'बहाइन्ड बार्स इन बाइकुला : माई डेज इन प्रिजन'मा आधारित सिरीजमा अपराधको जालोमा फसेकी पत्रकारको कथा छ ।
यस सिरीजलाई म्याचबक्स शट्सले निर्माण गरेको हो ।