०६ साउन २०८३, बुधबार

कुशल र पूर्णकलाको स्वरमा ‘तप्प आँशु खस्यो’

कुशल र पूर्णकलाको स्वरमा ‘तप्प आँशु खस्यो’

गायक कुशल बेल्बासे र गायिका पूर्णकला विसीको स्वरमा ‘तप्प आँशु खस्यो’ बोलको लोकगीत सार्वजनिक गरिएको छ । यो एक प्रेम विरहको गीत हो । 

निरोज भट्टको शब्द, अनिश दवाडीको संगीत रहेको गीतमा पवन परियारले संगीत संयोजनको काम गरेका छन् । स्मृति तिमल्सिना (गुरूआमा)को निर्देशनमा भिडियो तयार भएको हो । उनले गीतको भावअनुसार भिडियो तयार गरेकी छन् । 

एक प्रेमजोडीको कथालाई मर्मस्पर्शी तरिकाले पेस गरिएको भिडियोमा सुमन परियार, रोशनी कार्की, निरोज भट्टलगायतको अभिनय छ । 

नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको भिडियो ‘निरोज भट्ट’ अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्