०३ साउन २०८३, आइतबार
टीकापुर घटना

रेशम चौधरीको कैद माफी मिनाहा गर्न नमिल्ने भन्दै राष्ट्रपतिद्वारा फाइल फिर्ता

जेठ १२, २०८०
रेशम चौधरीको कैद माफी मिनाहा गर्न नमिल्ने भन्दै राष्ट्रपतिद्वारा फाइल फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिन नमिल्ने भन्दै फाइल फिर्ता पठाएका छन् ।

कानून, नजिर आदि कारणले कैद माफी मिनाहा दिन नमिल्ने देखिएको भन्दै राष्ट्रपति पौडेलले शुक्रवार गृहमन्त्रालयलाई फाइल फिर्ता पठाएका हुन् ।

'कानून, नजिर तथा विगतको अभ्यास आदि कारणले रेशमलाई माफी दिन नमिल्ने रायसहित राष्ट्रपतिले फाइल फिर्ता पठाउनुभएको छ,' राष्ट्रपति कार्यालय अन्तर्गत कानून शाखाका एक अधिकारीले लोकान्तरसँग भने ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले पनि फाइल फिर्ता पठाइएको पुष्टि गरेका छन् ।

'रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानून, यससम्बन्धी अदालतबाट भएका फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरित नहुने गरी  कानूनबमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको छ । साथमा टीकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहोराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा कार्यार्थ पठाएको छ,' कार्कीले उल्लेख गरे ।

यसअघि गृहमन्त्रालयले रेशम चौधरीलाई माफी दिने प्रस्तावसहित शुक्रवार राष्ट्रपति कार्यालयमा फाइल पठाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्