×

NMB BANK
NIC ASIA

वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना

जेठ १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि शुक्रवारदेखि ७ दिने कालिका महापुराण पनि शुरू भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्या देवीको प्राणप्रतिष्ठाका लागि शुरू भएको महापुराण जेठ १८ गतेसम्म सञ्चालन हुनेछ ।


Advertisment
Nabil box
Kumari

‘कामाख्या भगवती मूर्ति प्राणप्रतिष्ठा अनुष्ठान समारोह’ नाम दिइएको यस पुराणमा जपात्मक, पाठात्मक र हवनात्मक विधिमार्फत वसन्तपुरमा निर्मित मन्दिरमा कामाख्या देवीको स्थापनार्थ कालिका पुराणको पाठपरायण र देवी महात्म्यासहितको भक्ति संगीत गरिने छ । 

Vianet communication
Laxmi Bank

वनारसको विवेकाश्रम सांगदेवका आचार्यहरू, कामाख्या भगवतीको अनुष्ठान गरिरहेका साधक एवं नेपाली पुजारी तथा वेदाचार्य र नेपालका धर्मगुरु व्यासाचार्य किशोर गौतम सहितले कामाख्यादेवीलाई विधिपूर्वक आमन्त्रण गरी मन्दिर भित्र्याएपछि मूर्तिको प्राणप्रतिष्ठा अनुष्ठान महायज्ञ शुरू भएको छ । 

म्याग्दीको गलेश्वरबाट चक्रसहितको देवशीला (शालग्राम) गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा लगी त्यहाँ दुर्गा कवच स्तुति गरी त्यहाँका पुजारी र वेदाचार्यबाट विधिविधानका साथ त्यहीँको कुण्डको जलबाट अभिषेकसहित पूजापाठ र स्तुति गरी सो शिला र कामाख्या भगवतीको कुण्डको जल भरिएको कलश नेपाल भित्र्याइएको हो । 

यसरी ल्याइएको शिलालाई शास्त्रीय विधिअनुसार पूजा, अर्चना गरी वसन्तपुरमा निर्माण भएको मन्दिरमा स्थापना गरिएको धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमले जानकारी दिए ।

यहाँ निर्मित मन्दिरको मध्यभागमा विधिपूर्वक सो शिला राखेर गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा राखिएकै स्वरूपमा निर्माण गरिएको गोलाकारको जलकुण्डमा ल्याइएको कलशको जल राखी सो कुण्डमा निर्माण भएको अष्टकोणका वेदीमाथि कामाख्या भगवतीको मूर्ति प्राणप्रतिष्ठा आह्वान गरिएको व्यासाचार्य गौतमले जानकारी दिए ।

यसरी कामाख्या भगवती शक्तिपीठमा राख्नुपर्ने श्रीगणेश, दुर्गा, महादेव, विष्णु र सूर्यनारायण भगवानका मूर्ति राखी विधिपूर्वक प्राणप्रतिष्ठा र पुजन गरिएको छ । पाञ्चायान देवताका साथै कामाख्या मन्दिरमा रहेजस्तै पञ्चमुखी कामेश्वर महादेव र कामेश्वर शिवलिंगको पनि स्थापना गरिएको छ । 

शास्त्रीय विधि एवं वास्तुशास्त्रका आधारमा कामाख्या भगवतीको मन्दिर कामाख्या शैलीमा नै निर्माण गरिएको छ । यसका लागि करीब २ वर्षअघि वैदिक सनातन गुरु लक्ष्मण गौतम सहितका आचार्य र लुम्बिनी केबलकारका इन्जिनीयरको समूह गुवाहाटीस्थित कामाख्या मन्दिर गई मन्दिरको संरचनाको शास्त्रीय महत्त्व र निर्माण शैलीको अध्ययन गरेर सोहीबमोजिमको मन्दिर यहाँ निर्माण गरिएको लुम्बिनी केबलकारका आयोजना व्यवस्थापक गोकुल साउँदले जानकारी दिए ।

केबलकार आयोजनाअन्तर्गत नै यो मन्दिर पनि निर्माण गरिएकाले मन्दिरको मात्र निर्माण लागत नछुट्याइएकाले भन्न नसकिने उनले बताए ।

साउँदले भने, ‘कामाख्या भगवतीको शास्त्रीय एवं आध्यात्मिक महत्त्वको अध्ययन धर्मगुरुले गर्नुभयो र इन्जिनीयरको टोलीले उक्त मन्दिरको संरचना, कलात्मक शैली र वास्तुशास्त्रीय अध्ययन गरेर आयौं । त्यसपछि सोही विधि र शैलीमा गएको २ वर्षमा केबलकार निर्माणसँगै मन्दिर निर्माण गरेका हौं ।’

बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार स्टेसन रही सञ्चालनमा आएको लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा पर्दछ । बुटवल बजारबाट केबलकार चढेर पनि कामाख्या भगवतीको दर्शनका लागि जान सकिन्छ ।  

पहिलेदेखि नै नै वसन्तपुरको यही स्थानमा स्थानीयले सामान्य देवीस्थानमा कामाख्या माईको पूजाआजा गर्दै आएकाले सोही स्थानमा सोही स्थानमा व्यवस्थितरुपमा र गुवाहाटीस्थित कामाख्या देवीकै स्वरुपमा मन्दिर निर्माण गरिएको जानकारी लुम्बिनी केबलकार प्रालिका प्रोजेक्ट इन्जिनीयर सनि चौरसियाले दिए ।

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा लुम्बिनी प्रदशेका अन्य धार्मिक पर्यटकीय क्षेत्रको अध्ययनमा आउने स्वदेशी तथा विदेशी धार्मिक एवं सांस्कृतिक पर्यटकका लागि कामाख्या भगवती मन्दिर एक नयाँ धार्मिक पर्यटकीय गन्तव्य हुने स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् । 

कामाख्या भगवती शक्तिपीठमध्येकी एक देवी हुन् । उनको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेकाले भारतमा बर्सेनि लाखौं भक्तजन पुग्ने गरेका बताउँदै धर्मगुरु किशोर गौतमले भारतका गोरखपुर, लखनऊ लगायतका नेपालको सीमा क्षेत्रका भारतीय नागरिकका साथै सबै भक्तजनका लागि कामाख्या भगवतीको दर्शन यहीँ सहज हुने जानकारी दिए ।

शुक्रवारदेखि शुरू भएको सप्ताहव्यापी महापुराणको मूल आचार्यमा व्यासाचार्य गौतम छन् । महायज्ञमा भारतका गुवाहाटी र बनारसका साथै नेपालका ११ जना पण्डितले धार्मिक प्रवचन दिनेछन् । कामाख्या भगवती मन्दिर परिसरमा कैलाश पर्वत, वर, पीपल, ढुंगेधारा, कुण्ड, पोखरी लगायतका संरचना निर्माण भएका छन् । तल बुटवल बजार छ । माथि करीब १ हजार मिटर उचाइमा पातलो बस्ती रहेको यो डाँडामा यसअघि कुनै कामले खासै कोही मानिस नपुग्ने गरेकामा अहिले वसन्तपुरमा मन्दिर निर्माण भई आकर्षक धार्मिक गन्तव्य बनेपछि स्थानीय खुशी भएका छन् । – भरत केसी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x