×

Dabur
MG

जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल

जेठ १८, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ ।

yONNEX
Sagarmatha Cement

बीपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पताल मेथिनकोट अस्पताल अभावकै बीच पनि सेवा प्रवाह गरिरहेको छ । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

मुख्यतया तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका नागरिकलाई सेवा प्रदान गर्न अपस्ताल स्थापना गरिएको हो । अस्पतालले चौबीसै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, एक्सरे फार्मेसी सेवा, विगत एक महिनादेखि हरेक दिन भिडियो एक्सरे सेवासमेत दिँदै आएको छ तर विशेषज्ञ चिकित्सक अभावका कारण सेवाग्राहीको रोजाइको केन्द्र भने बन्न सकेको छैन ।


Advertisment
Kumari
Saurya island
Pardeshi

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालमा अब छिट्टै डायलायसिस, शल्यक्रिया सेवा र ब्लड बैंक सेवा सञ्चालन हुने अस्पतालका डा. आनन्दमणि उपाध्यायले बताए । ‘आईसीयू र एनआईसीयू सेवा सञ्चालन समेत गर्ने तयारी छ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

प्रदेश सरकारबाट प्राप्त ५ वटा डायलायसिस मशिन जडान गर्ने काम भइसकेकाले अब छिट्टै सेवा समेत शुरू हुने भएको छ । यी सबै सेवा सञ्चालनका लागि भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभाव मुख्य चुनौती बनेको छ । ५० शय्याको अस्पताल सञ्चालनका लागि पर्याप्त भौतिक संरचना आवश्यक भए पनि अहिले पूरानै संरचनाबाट सेवा दिनुपर्ने बाध्यता रहेको डा. उपाध्याय बताउँछन् ।

‘दैनिक ७०–७५ जनाले सेवा लिइरहेका छन्,’ उनले भने ।

अस्पतालका निमित्त सुपरिन्टेन्डेन्ट डा. मधुकर दाहालले अस्पतालको सेवालाई चुस्तदुरुस्त गर्न कोसिस गरिरहेको बताए । जनशक्तिको अभाव तथा शल्यक्रियाका लागि आवश्यक लठ्याउने औषधि नहुँदा सेवा शुरू गर्न नसकेको उनको भनाइ छ । अस्पतालका सुपरिन्टेन्डेन्ट डा. सारग जर्गामगर अध्ययन बिदामा गएपछि करीब १० महिना स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. पुरुषोत्तमराज सेढाईंले हेर्दै आएका थिए । अहिले २ महिनादेखि निमित्त सुपरिन्टेन्डेन्ट डा. दाहालको नेतृत्वमा अस्पताले सेवा प्रवाह गर्दै आएको छ ।
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ८, २०८०

पहिलेको जमानामा माटोको भाँडोमा खाना पकाइन्थ्यो तर आजकल जमाना बदलिँदै जाँदा मानिसहरू नयाँ भाँडाकुँडामा खाना पकाउन थालेका छन् । खाना पकाउनका लागि पीतल, काँस, चाँदी, फलाम, आलुमिनियम, स्टील र ननस्टिक कूक...

असोज ६, २०८०

 डा पंकजराज नेपाल न्युरोसर्जन चिकित्सक हुन् । पंकजले स्वास्थ्य सेवाको आरम्भ काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलबाट गरेका थिए । ‘फादर अफ मोडल न्युरोसर्जरी’ भनेर चिनिने स्वर्गीय डाक्टर उपेन्द्र दे...

असोज ३, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

असोज ५, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

असोज १०, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

असोज ६, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x