
भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ओडिशाको बालासोरमा कोरोमन्डल एक्सप्रेस र मालगाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनापछि उद्धार कार्य जारी छ । मृतकको संख्या बढ्दै गइरहेको छ ।
घाइतेको सोरो सीएचसी, गोपालपुर सीएचसी र खान्टापाडा पीएचसीमा उपचार भइरहेको छ । ओडिशाका मुख्य सचिव प्रदीप जेनाले उद्धार कार्यमा ५० एम्बुलेन्स परिचालन गरिएको जानकारी दिए ।