०५ साउन २०८३, मंगलबार

दयाहाङ फिल्म ‘कार्साङ’मा अनुबन्धित

जेठ २४, २०८०
काठमाडौं
दयाहाङ फिल्म ‘कार्साङ’मा अनुबन्धित

अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । 

यार्सा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् । 

सामाजिक कथामा बन्न लागेको फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ । फिल्मको छायांकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् । 

फिल्मको ९० प्रतिशत छायांकन सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ । 

अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ’, उनले भने । 

निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म रहनेछ । उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्