२६ असार २०८३, शुक्रबार

बादलले शिव र अनुको स्वरमा ल्याए ‘रिलेशनमा छौ की ?’

भिडियोमा मिस पविसँग देखिए
जेठ २५, २०८०
काठमाडौं
बादलले शिव र अनुको स्वरमा ल्याए ‘रिलेशनमा छौ की ?’

सर्जक बादल घिमिरेले ‘रिलेशनमा छौ की ?’ बोलको गीत सार्वजनिक गरेका छन् । 

बुधवार बेलुका सार्वजनिक लोक आधुनिक शैलीको यो गीतमा गायक शिव परियार र गायिका अनु चौधरीको स्वर छ । 

बसन्त सापकोटाको संगीत रहेको गीतका संगीत संयोजक कृष्ण बि.क हुन् । भिडियोमा बादल मोडल मिस पविसँग प्रस्तुत छन् । फोहोर संकलन गर्ने युवक र ठेलामा व्यापार गर्ने युवतीबीचको मायाप्रेमलाई भिडियोको कथा बनाइएको छ ।

भिडियोमा मिस पवि ठेलामा तरकारी बेच्ने युवतीको भूमिकामा छिन् । 

राजीव समरको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन, दिपक विष्टले सम्पादन गरेका हुन् ।

‘बादल घिमिरे’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्