२६ असार २०८३, शुक्रबार

नहर मिचेर बनेका संरचना हटाउन कार्यदल गठन

जेठ २९, २०८०
चितवन
नहर मिचेर बनेका संरचना हटाउन कार्यदल गठन

नारायणी लिफ्ट तथा खगेरी सिँचाइ प्रणालीको रेखाङ्कनभित्र रहेका अतिक्रमित तथा अव्यवस्थित बसोबासी हटाउन कार्यदल गठन भएको छ । 

नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरद्वारा नारायणी लिफ्ट र खगेरी सिँचाइ प्रणालीको नहरको अतिक्रमण गरी भएको अव्यवस्थित बसोबास सम्बन्धमा आज  आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यदल गठन गरिएको हो । 

नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुखको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा जिल्ला प्रशासन कार्यालयका अधिकृत, भरतपुर महानगरपालिकाका अधिकृत, भूमि सुधार तथा मालपोत कार्यालयका अधिकृत, नापी कार्यालयका अधिकृत, नारायणी लिफ्ट उपभोक्ता समितिका अध्यक्ष र खगेरी सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष सदस्य रहने गरी कार्यदल गठन गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्