०८ असार २०८३, सोमबार

मापदण्ड विपरीत भन्दै काठमाडौं महानगरले बन्द गरायो शैक्षिक मेला

जेठ ३२, २०८०
काठमाडौं
मापदण्ड विपरीत भन्दै काठमाडौं महानगरले बन्द गरायो शैक्षिक मेला

मापदण्ड विपरीत मेला आयोजना गरेको भन्दै काठमाडौं महानगरपालिकाले कान्तिपुर हिसान एडुफेयर बन्द गराएको छ ।

बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको (शैक्षिक मेला) को आठौं संस्करण महानगरले दिएको मापदण्डभन्दा विपरीत एसईईको नतिजा नै नआइकन विद्यार्थीलाई प्रलोभनमा पारेको पाइएको भन्दै मेला बन्द गराएको हो ।

काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेलामा एसईईको नतिजा नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाका लागि लोभ्याउने, दबाब दिने कार्य गरेको पाएकाले मेला बन्द गराएको बताए । उनले एसईई र १२ कक्षाको नतिजा कुरेर बसेका विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राखिएको हिसान मेला अनधिकृत रूपमा सञ्चालन भएको बताए । उनले मेलामा विद्यार्थीलाई बोलाएर भर्ना प्रक्रियाको विषयमा जानकारी गराउने र भर्ना शुल्कको समेत विज्ञापन गरेको पाइएको बताए ।

मेला आयोजकले महानगरले अनावश्यक रूपमा मेला बन्द गराएको बताएको छ । मेला असार ३ गतेसम्म सञ्चालन हुने बताइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्