०४ साउन २०८३, सोमबार

दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएका विष्णु खत्रीले बमबहादुर कार्कीको नेतृत्वमा खोले नयाँ संस्था

असार ३, २०८०
काठमाडौं
दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएका विष्णु खत्रीले बमबहादुर कार्कीको नेतृत्वमा खोले नयाँ संस्था

वरिष्ठ लोकगायक बमबहादुर कार्कीको नेतृत्वमा गीतसंगीत सम्बन्धी नयाँ संस्था दर्ता भएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नामक संस्था दर्ता भएको लोकगायक विष्णु खत्रीले जानकारी दिए । 

कार्कीको अध्यक्षतामा गठन भएको तदर्थ कार्यसमितिको उपाध्यक्षमा गायक विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन छन् । 

त्यस्तै, खड्ग गर्बुजा, खड्ग बुढा, केशरी घर्ती र शिवा आले सदस्यमा छन् । 

यो तदर्थ समितिले दुई/तीन महिनामा प्रथम अधिवेशन गर्ने उपाध्यक्ष खत्रीले जानकारी दिए । ‘प्रथम अधिवेशन गरेर लोक संगीतमा योगदान दिएका सातै प्रदेशका व्यक्तिहरूलाई समावेश गर्छौ’ उनले भने, ‘उपत्यका, प्रदेश जिल्लासँगै विदेशमा समेत शाखा स्थापना हुनेछ ।’ ​

दोहोरीगीत प्रतिष्ठानको पूर्व महासचिवसमेत रहेका गायक खत्रीले गत फागुनमा आफू प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका थिए ।

त्यसयता उनी नयाँ संस्था खोल्ने तयारीमा लागेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्