
हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले सोमवार दिउँसो वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युबमा सार्वजनिक गरे ।
२ घण्टा लामो यो फिल्म युट्युबमा सार्वजनिक गरेको केही घण्टामै ८ लाख ४० हजारभन्दा बढी सब्सक्राइबर भएको उनीहरूको युट्युब च्यानल ह्याक भयो ।
अहिले भने उक्त च्यानल रिकभर भइसकेको छ ।
सितारामले केही घण्टा ह्याक भएको आफूहरूको युट्युब च्यानल रिकभर भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले आफूहरूको फिल्म हेरेर मनोरञ्जन लिन समेत दर्शकलाई आग्रह गरेका छन् । फिल्मले बुधवार दिउँसोसम्म युट्युबमा ३ लाख ३० हजार बढी भ्युज पाइसकेको छ ।