३२ असार २०८३, बिहीबार

मुटुरोगबाट पीडितका लागि नर्भिकमा निःशुल्क ओपीडी

असार १३, २०८०
काठमाडौं
मुटुरोगबाट पीडितका लागि नर्भिकमा निःशुल्क ओपीडी

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार (असार १६ गते) फ्रि कार्डियोलोजी ओपीडी हुने भएको छ ।

गत शनिवार (असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ (कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा. शिवजी सिलवाल नेतृत्वको टीमले निःशुल्क कार्डियोलोजी ओपीडी सञ्चालन गरेको थियो ।

सर्वसाधारणहरूको अत्यधिक सहभागिता र मागका कारण डा. सिलवालको टीमले आगामी शनिवार पनि पुनः मुटुरोगसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको हो ।

शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क ओपीडी सञ्चालन हुने अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

निःशुल्क ओपीडीमा सहभागिताका लागि अस्पतालको ल्याण्डलाइन नम्बर ०१–५९७००३२ र मोबाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

नेपालीहरूमा पछिल्लो समय मुटुसम्बन्धी समस्या बढ्दो छ । यही विषयलाई मध्यनजर गर्दै फ्रि कार्डियोलोजी ओपीडी सञ्चालन गरिएको अस्पलातले जनाएको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व (सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरूको सहभागितामा निःशुल्क ओपीडी सञ्चालन गर्दै आइरहेको छ । यो क्रममा सर्वसाधारणहरूको सहभागितासमेत उल्लेख्य हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्