२४ जेठ २०८३, आइतबार
परिकार

सबै पुस्तामा कफीको लोकप्रियता बढ्दो

असार १६, २०८०
काठमाडौं
सबै पुस्तामा कफीको लोकप्रियता बढ्दो

युवा पुस्तामा मात्र नभई पछिल्लो समय नेपालमा सबै पुस्तामा कफी पिउने संस्कृति दिनानुदिन बढ्दो छ । दूध चिया भन्ने बित्तिकै हुरुक्क हुने हामी नेपाली कफीको संस्कृतिसँगै बिस्तारै विस्थापित हुँदै गएको छ । 

शहरका कुना–कुनामा कफीशप खुलेका छन् । दूध चियाबाट अलि हुनेखानेले नेसकफी पिउँथे कुनै जमानामा ।

तर अब नेसकफी पनि विस्थापित हुँदै गएको छ । कारण – दाना कफीको आयात र मशिनबाट निस्किने कफीको लत अब धेरैमा परिसकेको छ । चिया गफ अब शहरीयाहरूको कफी गफमा बढुवा भएको प्रस्ट छ । थरिथरिका कफीका मशिन भित्र्याएर कफीशप खुलेका छन् । 

चिया दुनोट र चिया सेल या चिया मालपुवा खाने समयले अब कफीको चुस्कीसँग अरु नै परिकार भेटिन्छन् । क्रोसन्ट खाने कि चिज केक खाने कि मफिन खाने कि सिनामन रोल खाने कि फ्रुट केक खाने कि स्वीस रोल खाने ? जे खाए तापनि कफीशपमा उपलब्ध हुन्छ ।

कफीका भेराइटी त झन् कति हुन कति ! साथी, इष्टमित्र जोसँग जमघट हुँदा पनि कफीको चुस्कीमा गफिनुको मज्जा नै छुट्टै हुन्छ । जिम, क्लब, स्वीमिङ पुल, पार्लर, कम्प्लेस, कलेज, फिल्म हल, कर्पोरेट अफिज जता पनि कफीशप देख्न सकिन्छ ।

नेपालमा कफी खेती कति ?

नेपालमा कफी खेती विक्रम संवत् १९९५ सालमा शुरू भए तापनि विभिन्न उतारचढाव पार गर्दै मध्यपहाडी ४० जिल्लामा यसको खेती पहिचान गरी उत्पादन गरिएको छ । जम्माजम्मी २३ जिल्लामा मात्र यसले व्यावसायिक मोड लिएको छ । नेपालको बजारमा दाना कफीको मागलाई पूर्ति गर्न स्थानीय उत्पादनले धान्नै नसकेका कारण विदेशबाट प्रत्येक वर्ष करोडौंको कफी आयात हुन्छ । यदि स्वदेशी उत्पादन बढाउन सकेमा आयात प्रतिस्थापन मात्र नभई विदेशी मुद्रा समेत पर्याप्त आर्जन गर्न सकिन्छ ।

देशको माग र विश्व बजारको मागलाई ध्यानमा राखेर उत्पादन र गुणस्तर वृद्धि गर्न सकेमा कफीको व्यावसायिक खेती गर्नेको भविष्य उज्ज्वल देखिएको छ ।

नेपाली कफीको माग विश्व बजारमा अत्यन्त राम्रो छ तर स्वदेशको बजारमा नै पर्याप्त नहुँदा महंगो पैसा आर्जन गर्न चुकेको अवस्था देखिएको छ । नगदे बालीको रूपमा चिनिएको कफी खेतीका लागि सरकारी र गैरसरकारी संघसंस्थाहरू यसको उत्पादन बढाउन र गुणस्तर बढाउन लागिपरेका छन् ।

nullकफीका के–के परिकार बन्छन् ?

कफीको बजार विश्वभर छरिएको हुनाले हरेक कोणबाट फाइदै–फाइदा देखिएको छ । रोजगारीका हिसाबले होस् या व्यवसायका हिसाबले कफीसँग धेरैको नाता जोडिएको हुन्छ । विदेश जाने जो कोही सजिलै जागिर पाइन्छ भनेर कफीको तालिम लिन छुटाउँदैनन् । सिक्न सजिलो र सहजै रोजगारी पाइने हुनाले कफीको बरिस्ताको तालिम पछिल्लो समय निकै लोकप्रिय छ ।

चियाको तुलनामा कफीमा धेरै विकल्प र किसिमहरू छन् । तपाईंलाई तातो मन पर्छ या चिसो, जुन पनि रोज्न सक्नुहुन्छ ।

कफी बनाउनका लागि सकेसम्म फ्याट बेस अलि बढी भएको दूध प्रयोग गर्दा उत्तम हुन्छ र फम निकाल्न पनि सहज हुन्छ । साधारणतया हामीले दैनिक रूपमा प्रयोग गर्ने प्याकेटको दूधमा ३ प्रतिशत मात्र फ्याट (क्रिम) हुने हुँदा खासै राम्रो कफी बनाउन सकिन्न । 

न्यूनतम ५ प्रतिशत फ्याट हुने दूध कफीका लागि उत्तम हुन्छ, जुन डेरी या टेत्रा प्याकमा पनि उपलब्ध हुन्छ ।

क्यपचिनो, अमेरिकानो, डबल अमेरिकानो, अराबिका, क्याफेमोचा, एक्सप्रेसो, लाते, आइस कफी, आइस अमेरिकानो, कोल्ड ब्रिउ, कफी टुर्किस, ड्रिप कफी, कोर्टाडो, फ्रापे, रेड आइ, अफगाडो, आइरिस, रिस्ट्रेटो, लुङ्गो, गलाउ, ड्रिपेड आइ, ब्लेक आइ, ग्रीन कफी, क्यारामेल फ्रापे, ग्लेस, क्यपोचिनो फ्रेडो, कफी ब्रेभ, एक्सप्रेसो कन पन्ना लगायत कफीका सयौं भेराइटी बनाएर पस्कन सकिन्छ । युरोप अमेरिकामा बन्ने दर्जनौं केकहरूमा पनि दाना कफीको पाउडर प्रयोग गरिएको हुन्छ । जुन केकको स्वादमा छुट्टै मिठास हुन्छ र यसका पारखीहरू पनि उल्लेख्य रहन्छन् ।

विभिन्न अल्कोहलको भेराइटीमा पनि कफीको पाउडर प्रयोग गरिएको हुन्छ । कफी फ्लेबरमा विभिन्न चकलेट र टफीहरू पनि बनेका हुन्छन्, जुन बच्चाहरूको प्रिय मानिन्छ ।

nullकति पर्छ कफी मशिनको ?

प्रतिकप कफीको २०० देखि २००० रुपैयाँसम्म परे जस्तै मशिनको पनि ९० हजारदेखि १८ लाख रुपैयाँसम्मको कफी मशिन पाउन सकिन्छ । म्यानुअलदेखि फुल्ली अटोमेटिकसम्मका कफी मशिन नेपालको बजारमा पाइन्छ । अधिकांश सबै मशिनहरूको बीन ग्रेन्डर मशिनकै साथमा सँगै आउँछ । नेपालमा कफी रोस्टिङ मशिन पनि उपलब्ध छन् ।

ठूलाठूला ब्राण्डका कफीशपका आफ्नै रोस्टिङ मशिन उपलब्ध छन् । एक कप कफी बन्न डेढ टेबल स्पुनदेखि २ चम्चा अर्थात ८–१० ग्राम कफी पाउडर प्रयोग हुन्छ । यो हिसाबले एक किलो कफीको दानाबाट लगभग १२५ कप कफी बन्न सक्छ । १ किलो रोस्ट गरिएको कफीको दानाको ११ सयदेखि ४५ सयसम्म मूल्य निर्धारण गरिएको हुन्छ । यो हिसाबले पनि १ किलो दानाबाट न्यूनतम मूल्यमा बेच्दा पनि लगभग २०–२५ हजार रुपैयाँसम्म कमाइ गर्न सकिन्छ ।

कफी बनाउनका लागि सकेसम्म फ्याट बेस अलि बढी भएको दूध प्रयोग गर्दा उत्तम हुन्छ र फम निकाल्न पनि सहज हुन्छ । साधारणतया हामीले दैनिक रूपमा प्रयोग गर्ने प्याकेटको दूधमा ३ प्रतिशत मात्र प्याट (क्रिम) हुने हुँदा खासै राम्रो कफी बनाउन सकिन्न । न्यूनतम ५ प्रतिशत फ्याट हुने दूध कफीका लागि उत्तम हुन्छ, जुन डेरी या टेत्रा प्याकमा पनि उपलब्ध हुन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्