
वेब सिरिज ‘प्रितको रीत’ सार्वजनिक गरिएको छ । डिनेस्ट ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित वेब सिरिजलाई शंकर कोइरालाले निर्देशन गरेका हुन । सिरिजको कथा पनि उनी स्वंयमले नै लेखेका हुन । ओ.एस.आर डिजिटल युटयुब च्यानलमार्फत सिरिजको पहिलो एपिसोड सार्वजनिक गरिएको हो ।
नामबाट नै सिरिज प्रेमकहानीमा बनेको अनुमान लगाउन सकिन्छ । पहिलो श्रृंखलाले पनि नाम अनुसारकै प्रेम र कल्पनाका दृष्यहरू समेटेको छ ।
सार्वजनिक सिरिजमा कलाकार कविता न्यौपाने र अमर प्रताप श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन् । अमरले यसै सिरिजबाट अभिनयमा डेब्यु गरेका हुन । कविताले भने थुप्रै म्युजिक भिडियोहरूमा काम गरिसकेकी छन् । म्युजिक भिडियोबाट अभिनयको यात्रा सुरु गरेकी कविताको पनि यो डेब्यु सिरिज हो ।
यसै सिरिजबाट अर्का कलाकार रोबिन सुबेदीले पनि अभिनयको दुनियाँमा पाइला टेकेका छन् । सिरिजमा अनामिका लामिछाने, रश्मी भट्ट, समिना महर्जुन, उमादेवी बस्नेत कार्की, विजय महर्जन, शीतल श्रेष्ठ, आनन्द विक्रम क्षेत्री, परिचित गिरी, अनुजा जी.सी लगायतका कलाकारको पनि अभिनय रहेको छ । बाल कलाकारमा भने डिअन्स केसी छन् ।
सिरिजलाई दिलीप केसीले निर्माण गरेका हुन । दुर्गा पौडेल, अमृत सुनुवार र अंकुर गुरुङले मिलेर छायांकन गरेको सिरिजमा एस.आर.के. (शंकर राज कोइराला)को सम्पादन, एस.आर.के र दिलीप के.सीको संवाद र टेकेन्द्र शाहको कलर करेक्सन रहेको छ ।