×

NMB BANK
NIC ASIA

संगीत

सफलता पाइरहेकी शान्तिश्री

प्रकाशदेखि हरिवंशसम्म, दोहोरी साँझदेखि लोकदोहोरीकी हिट गायिकासम्म

काठमाडाैं | असार २३, २०८०

NTC
Premier Steels

बोल माया
एक वचन बोल
तिम्रै बोली
छ मलाई अनमोल !

Muktinath Bank

५ वर्षअघि सार्वजनिक ‘बोल माया’ गीतलाई स्रोता एवं दर्शकले निकै रुचाए । गीतको चर्चासँगै गायिका शान्तिश्री परियारको व्यस्तता थप बढ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘त्यसअघि बामे सरिरहेकी म त्यसपछि उभिएर हिँड्न सकें,’ उनी भन्छिन्, ‘त्यो गीत सार्वजनिक भएपछि दैनिक ६ वटासम्म गीत गाएकी छु । स्टेजतिरको व्यस्तता पनि निकै बढेको छ ।’ 


Advertisment
Nabil box
Kumari

बोल माया गीतले छुट्टै उचाइ दिलाएको उनी बताउँछिन् । त्यसपछि सार्वजनिक अर्को गीत ‘गलबन्दी’ पनि निकै चल्यो । एकपछि अर्को, अर्कोपछि अर्को । शान्तिश्रीले सांगीतिक क्षेत्रमा सफलता पाउँदै गइन् । स्रोता–दर्शकको माया बढाउँदै गइन् । 

Vianet communication

हिट गीतकी धनी गायिका

शान्तिश्री हिट गीतकी धनी गायिका हुन् । ‘बोल माया’ र ‘गलबन्दी’ हुन्, चाहे ‘चौका दाउ’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’ जस्ता गीतहरू हुन् । ‘खोली तारी देऊ न माझी दाइ’, ‘घुमीघुमी’ होस्, चाहे ‘आगो बिना बिडी’, ‘काउली’ जस्ता गीतहरू हुन् । यीबाहेक पनि उनका थुप्रै गीतहरू छन्, जुन करोड क्लबमा छन् ।

हिजोको कठोर संघर्ष

शान्तिश्रीको अहिलेको सफलतासँग धेरै जानकार छन् । उनको चर्चा र व्यस्तता सर्वाधिक छ । अहिलेकी नम्बर वान लोक दोहोरी गायिकाको रूपमा समेत उनलाई सम्बोधन गर्ने गरिएको छ तर आजको सफलता उनले निकै दुःखले आर्जेकी हुन् । 

अहिले धेरैको मन–मनमा बसेकी सुरिलो स्वरकी धनी यी गायिकाको विगत निकै दुःखद् थियो । 

शान्तिश्रीको जन्म रोल्पाको विकट गाउँ ह्वामामा, निम्न वर्गीय परिवारमा भएको हो । बुवाआमा, ४ दाजुभाइ, ३ दिदीबहिनी गरेर ९ जनाको परिवार । बुवाले सदरमुकाम लिवाङमा ज्यामी काम गरेर परिवार पाल्दै आएका थिए । 

शान्तिश्री ७ वर्षकी हुँदा परिवार सदरमुकाम लिवाङ झर्‍यो । सदरमुकाममा डेराको बसाइ । अभावहरू थपिँदै थिए । शान्तिश्री बाल्यकालमै हुँदा बिहान घरको काम सिध्याएर विद्यालय जाने गर्थिन् । 

विद्यालयमा पढ्न थालेपछि उनले आफूमा भएको प्रतिभा प्रस्फुटन गर्ने वातावरण पाइन् । २ कक्षामा पढ्दा बाल दिवसको दिन विद्यालयमा गायन प्रतियोगितामा भाग लिएर प्रथम भएको शान्तिश्री सम्झिन्छिन् । १३ वर्षको उमेरमै उनी दाङ पुगेर क्षेत्रीयस्तरको दोहोरी प्रतियोगितामा भाग लिएर तृतीय भएकी थिइन् । सानै उमेरदेखि गायनमा रुचि राख्ने बताउँदै त्यसबेला राष्ट्रिय स्तरका कलाकारहरूलाई प्रत्यक्ष देख्ने मौका पाएपछि गायिका बन्नुपर्छ भन्ने चाहना झन् चुलिएर गएको उनी सम्झन्छिन् तर उनलाई कहाँ सहज थियो र ! बुवा बिरामी परेपछि उपचारका लागि बुवाआमा काठमाडौं आए । दाइ, दिदीको विवाह भइसकेको थियो, भाइबहिनीको हेरचाहको जिम्मेवारी अब शान्तिश्रीको काँधमा आइलाग्यो ।

null‘आफैंले कमाएर भाइबहिनीलाई हेर्नुपर्ने अवस्था आयो । त्यसपछि बाध्यतावश विद्यालय छाडें,’ उनले सम्झिइन्, ‘गिट्टी कुट्ने, बोक्ने काम गर्न थालें ।’

काठमाडौंमा उपचार गरेर बुवाआमा फर्किए । त्यसपछि कमाउनका लागि बुवा भारत गए । शान्तिश्रीलाई गायिका बन्ने सपना पूरा गर्न काठमाडौं जानुपर्छ भन्ने हुटहुटीले सताइरहेको थियो तर कसरी आउने मेलोमेसो मिलिरहेको थिएन । उनी आमाको सहारा पनि त थिइन् । 

आमालाई फकाएर जिल्लाकै प्रकाश जिसी नाम गरेका दाइमार्फत आफू २०६४ सालमा काठमाडौं आएको शान्तिश्रीले बताइन् । परिवारबाट कहिल्यै नछुट्टिएकी उनले काठमाडौं आएपछि एक्लोपन भोगिन् । दुःख र कष्ट झेलिन् । यद्यपि आफ्नो रहरका खातिर यी सब अवस्थालाई झेल्दै अगाडि बढिन् । शान्तिश्रीले शुरूआतमा बालाजु चोकमा रहेको त्रिवेणी त्रिशूली दोहोरी साँझमा काम गरिन् । त्यसपछि बागबजारमा रहेको रमाइलो चौतारी दोहोरी साँझमा पुगेर गीत गाइन् । क्रमशः अन्य दोहोरी साँझमा पनि गीत गाइन् । 

null... अनि भयो पहिलो गीत रेकर्डिङ

दोहोरी साँझमा त गाइरहेकी थिइन् । केही पैसा पनि कमाइरहेकी थिइन् । यद्यपि गीत रेकर्ड गराउने सपना थियो । टेलिभिजनमा आफ्नो गीत आओस् भन्ने चाहना थियो । गायिका बनेर नाम कमाउने सपना थियो । 

२०६८ सालमा पहिलो गीत रेकर्डिङ गरिन् । शम्भु थापाको गीत थियो ‘अरूभन्दा फरक म किन ?’ यो गीतले चर्चा खासै पाएन । त्यसपछि आफ्नै लगानीमा ‘घर छ तीनतले’ बोलको गीत ल्याइन् । यो गीतको चर्चा पनि सोचेजस्तो भएन । त्यसपछि पृथ्वी थकालीले शान्तिश्रीको प्रतिभा देखेर केही लगानी गरिदिने भए । कुलेन्द्र विश्वकर्मा र शान्तिश्रीको आवाजमा सार्वजनिक भयो ‘एकतर्फी माया’ । ‘यो गीतले एक किसिमको चर्चा पायो । त्यसपछि मेरो सांगीतिक करिअर शुरू भयो भनौं । रेकर्डिङको अफरहरू आउन थाले,’ शान्तिश्री सम्झिन्छिन् ।

त्यहीबेला पृथ्वी थकालीले लगाएको गुन पनि उनले जीवनभर बिर्सन नसक्ने बताउँछिन् । थोरै पैसा आफैं जम्मा गरिन्, केही समयका लागि पृथ्वी थकालीसँग पैसा सापटी मागिन् ।

nullआफ्नै लगानीमा मिलन लामासँग मिलेर ‘गाईलाई दाम्लो, माछीलाई फुर्लुङ्ग’ गाइन् । उनको सांगीतिक करिअरको अर्को खुट्किलो बन्यो यो गीत । त्यसपछि विदेशबाट समेत कार्यक्रमका लागि अवसर आउन थाल्यो । 

उनले पहिलो कार्यक्रम ओमनमा गरिन् । दोस्रो कार्यक्रम हङकङमा गरिन् । त्यसपछि क्रमशः विभिन्न देशमा पुगेर स्टेज कार्यक्रममा सांगीतिक प्रस्तुति दिइन् । गायक पशुपति शर्मासँगको गीत ‘सातो फुक झाँक्री बा’ रुचाइयो ।

तीज गीत ‘बुहारी सुत्केरी भैछ’ पनि चल्यो । ‘मेरो छोरा दुई नम्बरी’ लगायतका गीत पनि रुचाइयो । ‘स्टुडियो मात्र नभएर स्टेजमा समेत व्यस्त बन्न थालेकी थिएँ । त्यसपछि २०७२ सालमा दोहोरी साँझ छाडेकी हुँ,’ शान्तिश्रीले बताइन् । त्यसपछि त हिट गीतहरूले उनलाई पछ्याइरह्यो ।

null‘राम्रो–राम्रो टीमसँग काम गर्न पाइरहेकी छु, खुशी छु’

पछिल्लो समय गीत निर्माण केही घटेको कलाकारहरू बताउँछन् । शान्तिश्रीको सन्दर्भमा भने त्यो देखिँदैन । गत जेठमा उनले ४३ वटा गीत रेकर्ड गराएकी छन् । उनले अग्रजदेखि नयाँ पुस्ताका राम्रो–राम्रो टीमसँग सांगीतिक सहकार्य गरिरहेकी छिन् । गायक प्रकाश सपूतसँगको सहकार्य रहेका गीतहरू सर्वाधिक चर्चित छन् । गायक सुजन चापागाईंदेखि प्रकाश दूतराजसम्मका नयाँ पुस्ताका रुचाइएका कलाकारसँग उनले गीत गाएकी छन् । हिट गीत ‘बन्दिपुरैमा’मा उनी र अग्रज लोकगायक प्रेमराजा महतको स्वर छ । ‘आगो बिना बिडी’ शान्तिश्रीको स्वर रहेको हिट फिल्मी गीत हो । वरिष्ठ कलाकार हरिवंश आचार्यसँग शान्तिश्रीले २ वटा गीतमा स्वर दिइसकेकी छन् । जसमध्ये ‘काउली’ बोलको गीतलाई स्रोता दर्शकले रुचाएका छन् भने अर्को गीत सार्वजनिकको तयारीमा छ ।

null‘अहिले राम्रो–राम्रो टीमसँग काम गर्न पाइरहेकी छु । एकदमै खुशी छु,’ उनी भन्छिन् । गायक समीर आचार्यसँग पनि सांगीतिक सहकार्यको तयारी रहेको उनले बताइन् । यतिबेला तीज गीतको रेकर्डिङमा व्यस्त छिन् उनी । अहिल्यैदेखि विदेशमा तीज विशेष कार्यक्रमका लागि बूक भइसकेकी छन् । 

अस्ट्रेलियामा १२ वटा तीज विशेष कार्यक्रम तय गरिसकेकी छन् । अस्ट्रेलियाबाट उनी भारतको दिल्ली पुगेर तीज विशेष कार्यक्रममा प्रस्तुत हुनेछिन् । ‘दिल्लीबाट इजरायल, इजरायलबाट दुबई अनि बल्ल नेपाल आउनेछु । यसपटक झण्डै १ महिना विदेशकै तीज विशेष कार्यक्रममा व्यस्त हुने भएकी छु,’ उनले तीजको व्यस्तता सुनाइन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x