३० असार २०८३, मंगलबार

नयाँ पार्टी दर्ता गर्न ५०० मतदातको सनाखत अनिवार्य

असार २८, २०८०
काठमाडौं
नयाँ पार्टी दर्ता गर्न ५०० मतदातको सनाखत अनिवार्य

राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना  मतदातालाई  सनाखतका  लागि  निर्वाचन  कार्यालयमा  अनिवार्य  उपस्थित  गराउनुपर्ने  व्यवस्था गरिएको छ । 

यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य रहने प्रतिबद्धता जनाएका मतदाताले  आफ्नो  मतदाता  परिचयपत्र  वा  नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर गरेको विवरण बुझाए हुने व्यवस्था थियो । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले आयोग पदाधिकारीको असार २४ गतेको बैठकले उक्त व्यवस्था लागु गर्ने निर्णय गरेको जनाएको छ । 

राजनीतिक दलसम्बन्धी ऐनको दल दर्तासम्बन्धी दफामा कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर हुनुपर्ने व्यवस्था रहेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्