
काठमाडौंको उपत्यकाको फोहोर विसर्जन गर्ने क्षेत्र नुवाकोटको बञ्चरेडाँडा क्षेत्रमा फेरि अवरोध शुरू भएको छ । गत वर्ष भएको सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहर फाल्न अवरोध गरेका हुन् ।

विगतका सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले साउन १ गतेदेखि फोहर फाल्न नदिने निर्णय गरेका थिए । स्थानीयले बिहानैदेखि विरोध शुरू गरेपछि फोहर लिएर गएका गाडी रोकिएका हुन् ।

स्थानीयहरूले ढाँडेबेसी बजारबाट फोहोर बोकेका गाडि अगाडि बढ्न दिएका छैनन् । स्थानीय जनताका समस्या समाधान गर्नेगरी नुवाकोटका स्थानीयसँग सरकारले गतवर्ष सम्झौता गरेको थियो ।