३१ असार २०८३, बुधबार

प्रकाश सपूतले शुक्रवार सार्वजनिक गर्दैछन् ‘दमाई महाराज’

साउन ३, २०८०
काठमाडौं
प्रकाश सपूतले शुक्रवार सार्वजनिक गर्दैछन् ‘दमाई महाराज’

गायक प्रकाश सपूतले आफ्ना हिट गीत ‘गलबन्दी’ र ‘बोल माया’को दोस्रो भाग आउँदो शुक्रवार सार्वजनिक गर्ने भएका छन् । 

आफ्नो करिअरका दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’को दोस्रो भागका रुपमा उनले ‘दमाई महाराज’ ल्याउँदैछन् । बुधवार पोष्टर सार्वजनिक गर्दै उनले भनेका छन्, ‘विश्वास छ यो गीतले हाम्रो मन भुलाउन सहयोग गर्नेछ । र, विश्वास यो पनि छ, यो भिडियोले हाम्रो विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्ने छ !’ 

उनको यो सिर्जना जातीय विभेदविरुद्धको हुनेछ । 

प्रकाशले वर्ष २०८० मा ‘जातीय विभेद विरुद्धको वर्ष’ को रुपमा आफ्ना सिर्जनाहरू ल्याउने घोषणा गरेका थिए । यतिबेला उनको अभिनय रहेको तीज गीत ‘कमाउनेनी हो, रमाउनेनी हो’ युट्युबको शीर्षस्थानमा छ । 

प्रकाश भने यतिबेला सांगीतिक कार्यक्रमको शिलशिलामा क्यानडामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्