२९ असार २०८३, सोमबार

बूढानीलकण्ठले सबै सामुदायिक विद्यालयमा प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्ति गर्ने, माग्यो दरखास्त

साउन ४, २०८०
काठमाडौं
बूढानीलकण्ठले सबै सामुदायिक विद्यालयमा प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्ति गर्ने, माग्यो दरखास्त
फाइल फोटो

बूढानीलकण्ठ नगरपालिका नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । 

नगरपालिकाले सबै सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको लागि सोही कार्यविधिको दफा १८ बमोजिम दरखास्त आह्वान गरिएको नगरपालिकाले जनाएको छ ।

साउन १७ गते कार्यालय समयभित्र फाराम भरेर आफै उपस्थित भई शिक्षा, युवा तथा खेलकुद महाशाखामा आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।

त्यसका लागि आवेदकले आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ ।

त्यसैगरी माध्यमिक तहका लागि विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने नगर शिक्षा शाखा प्रमुख उपसचिव ललितविक्रम सिंहले बताए ।

null

कमेन्ट गर्नुहोस्