कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
काठमाडाैं | साउन ४, २०८०
नेपाली महिलाहरू ‘सेनेटरी प्याड’मा कागजात लुकाएर ओमान पुग्छन् र त्यहाँ ५ लाख रुपैयाँमा बेचिन्छन् भन्दा पत्याउनुहुन्छ ? पत्याउनुहुन्न भने पनि अब पत्याउनैपर्ने भएको छ ।
करीब २ वर्षअघि ओमान पुगेकी एक महिलाले दलालको चंगुलबाट फुत्किएपछि मस्कटस्थित नेपाली दूतावासमा दिएको उजुरीले यस्तो रहस्य खुलाएको हो । आफूलाई त्यसरी ओमान पुर्याउने र उता ‘रिसिभ’ गर्ने दलाल नेपाली नै रहेको उनको उजुरीमा उल्लेख छ ।
नेपालबाट घरेलु कामदारका रूपमा ओमान जान पाइँदैन । त्यसकारण भारतबाट घरेलु कामदारको स्वीकृति लिएर त्यस्तो कागजात सेनिटरी प्याडमा लुगाएर लैजाने गरेको पाइएको हो । नेपालबाट भने उनीहरू ‘क्लिनर’को श्रम स्वीकृति लिएर जाने गरेका छन् ।
ती महिलाले उजुरीमा भनेकी छन्–
‘मलाई २०२२ मार्च ९ (२०७८/११/२५) गतेका दिन सलाम एयरमार्फत काठमाडौंबाट उडाइएको हो । एयरपोर्ट जानुभन्दा अघि एजेन्ट विमलाले सेनेटरी प्याडको भित्री भागमा ग्लुस्टिकले टाँसेर एउटा कागज राखी प्याकेट बन्द गरिदिइन् । यो प्याड लुकाएर राख्नू, प्लेन उडेपछि ट्वाइलेटभित्र गएर प्याडभित्रको कागज निकालेर ओमानको एअरपोर्टमा देखाउनू र दुबईको सबै कागज अनिवार्यरूपमा राम्रोसँग च्यातेर ट्वाइलेटमा फालिदिनू भनी सिकाइन् ।
मस्कट विमानस्थलमा पुगेपछि तिमीहरूलाई लिन अरबी बुर्का लगाएको नेपाली बोल्ने मानिस आउँछन् । फोटो पठाइसकेका छौं, उनीहरूले चिन्छन्, गएर भेट्नू, सबै सेटिङ मिलाएका छौं भनेकी थिइन् । हामीहरूले त्यहीअनुसार गर्यौं । हामी करीब २५ जनामध्ये दुईजनालाई एअरपोर्टबाट नै फर्काएको कुरा मैले पछि सुने । हामी बाँकी करीब २३ जना महिलाहरू सबैसँग हाते ब्याग मात्र थियो । पासपोर्टमा छाप लगाएर सरासर बाहिर गयौं । शायद उनीहरूले हाम्रो पेपर भिसा निकालेको हुनाले रोकतोक गरेनन् ।
मस्कट एअरपोर्टको बाहिर हामीलाई लिन अरबी बुर्का लगाएकी एक नेपाली महिला आइन् र कतिजना छौ भनेर सोधिन् । दुईवटा गाडीमा राखेर म्यानपावरको अफिसमा पुर्याइन् । पछि थाहा पाउँदा हामीलाई लिन लिया भन्ने कविता श्रेष्ठ आएकी रहिछन् (पासपोर्टमा नाम अर्कै पनि हुन सक्छ) ।
अहिले पनि यस्तो समस्या विद्यमान रहेको पाइएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले बताए । ‘अहिले पनि नेपाली दलालहरूले यहाँबाट अर्कै कामको श्रम स्वीकृति लिएर ओमान लैजाने गरेको पाएका छौं,’ महानिर्देशक अधिकारीले बताए ।
विभागले आइतवार, सोमवार र मंगलवार गरी ३ दिनमा १५६ जनालाई फिर्ता गरिदिएको छ । त्यसमा नक्कली भिसा भएका, कागजात नपुगेका र शंकास्पद लागेकाहरू रहेको महानिर्देशक अधिकारीले बताए । कागज नपुगेका कतिपय यात्रु कागज पुर्याएर पुनः गएको अध्यागमन विभागले जनाएको छ ।
ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले परराष्ट्र मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएपछि उनीहरूलाई रोकिएको हो ।
अध्यागमन विभागका अनुसार पछिल्लो समय नेपालबाट गएका कतिपय दुबई एयरपोर्टबाट फिर्ता भएका पनि छन् । सन् २०२३ जुन २४ तारिखमा एक जनालाई दुबई एयरपोर्टबाट नक्कली भिसा भनी फिर्ता गरिएको थियो । फ्लाइट नम्बर एफजेड ५७४ उडानमार्फत दुबई र त्यहाँबाट फ्ल्याइट नम्बर एफजेड १७४५ नम्बरको उडानबाट सर्बिया जान लागेका ती व्यक्तिलाई दुबईबाट फिर्ता गरिएको थियो । फिर्ता पठाएको पत्रमा ‘फेक भिसा फर सर्बिया’ भनेर उल्लेख गरिएको छ ।
पछिल्लो एक हप्तामा मात्रै ४ जना दुबई एरपोर्टबाट फिर्ता आएको अध्यागमन विभागले जनाएको छ ।
पछिल्लो समयमा नेपालले श्रम स्वीकृति दिएको कुवेत जान लागेका व्यक्तिहरूलाई समेत शंका लागेर फिर्ता गरेको निर्देशक अधिकारीले बताए ।
फिर्ता गरिनुको कारणसहितको एउटा पत्र लोकान्तरले फेला पारेको छ ।
‘वैदेशिक रोजगारीका लागि कुवेत प्रस्थान हुन आएकोमा निजले पेश गरेको भिसा लागेको नदेखिएको साथै निजको भिसा एप्लिकेसन स्टाटसमा रिजेक्ट देखिएको हुँदा प्रस्थान अनुमति नदिइएको,’ भनेर उक्त पत्रमा उल्लेख गरिएको छ ।
मस्कटस्थित नेपाली दूतावासका अनुसार ओमानमा असार २५ गतेसम्ममा २२ हजार ४१८ जना नेपाली बस्दै आएका छन् । त्यसमध्ये ८ हजार ३ सय २५ महिला कामदार जोखिममा रहेको परराष्ट्र मन्त्रालयमा दूतावासले पठाएको पत्रमा उल्लेख गरिएको छ ।
दूतावासले २५ गतेसम्ममा घरेलु कामदारको रूपमा रहेका १७७ जना महिलालाई नेपाल पठाएको छ । अहिले पनि उद्धार गरिएका २७ जना महिला दूतावासको सेल्टरमा छन् । तीमध्ये १३ जनालाई तत्काल नेपाल फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ ।
'क्लिनर'को काम भनेर घरेलु कामदारका रूपमा ५ लाखमा बेचिन्छन् नेपाली महिला
नेपालबाट ‘क्लिनर’को श्रम स्वीकृति लिएर ओमान पुर्याई नेपाली महिलाहरूलाई घरेलु कामदारका रूपमा बिक्री गर्ने गरेको उजुरी ओमानस्थित नेपाली दूतावासमा परेको छ । त्यो उजुरीअनुसार नेपालबाट क्लिनरको भिसामा श्रम स्वीकृति लिइन्छ ।
त्यससँगै दलालहरूले भारतबाट ‘हाउसमेड’को स्वीकृति पनि लिने गरेका हुन्छन् । ‘हाउसमेड’को कागजात विमानस्थलमा देखाएमा यहीँबाट जान पाइँदैन, त्यसैले उनीहरू ‘क्लिनर’को स्वीकृति देखाएर उड्छन् ।
ओमान पुग्नुभन्दा अगाडि ट्वाइलेटमा छिरेर नेपालमा देखाइएको कागजात च्यात्न लगाइन्छ र महिलाहरूले सेनेटरी प्याडमा लुकाएर लगेको कागजात ओमानस्थित विमानस्थलमा देखाउँछन् ।
विमानस्थलमा लिन आउने महिलाले १५/२० दिनसम्म सबैलाई एकसाथ राख्ने गरेकी छन् । त्यसपछि घरेलु कामदारका रूपमा जनही ५ लाख रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको दूतावासले परराष्ट्रमा पठाएको पत्रमा उल्लेख छ ।
‘महिलाहरूलाई दलालले ५ लाखमा बिक्री गरेको र उनीहरूलाई फिर्ता पठाउने प्रक्रिया गर्दा त्यो पैसा तिरेर मात्रै ल्याउनुपर्ने बाध्यता छ,’ पत्रमा भएको व्यहोरालाई उल्लेख गर्दै अध्यागमन विभागका एक अधिकारीले लोकान्तरसँग भने ।
ओमानी अदालतले नै घरेलु कामदारलाई फिर्ता लैजाँदा पैसा फिर्ता गर्नुपर्ने आदेश गरेकाले समस्या रहेको ती अधिकारीले बताए ।
पछिल्लो समय कुवेतको भिसा लगाएर समेत ओमान लैजाने गरेको पाइएको छ । नेपालबाट कुवेतको सबै प्रक्रिया पूरा गरेर लैजान्छन् । साउदी अरबमा लामो ट्रान्जिट पारेर त्यहाँबाट ओमानको भिसा मिलाई त्यसतर्फ लैजाने गरेको समेत पाइएको अध्यागम विभागले जनाएको छ ।
छानबिन गर्न निर्देशकको नेतृत्वमा ६ सदस्यीय समिति
अध्यागमन विभागले कुबेत जान लागेका व्यक्तिहरूलाई फिर्ता गरिएपछि यस विषयमा थप अनुसन्धान गर्न निर्देशकको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
निर्देशक खिमराज भुसालको नेतृत्वमा गठित समितिमा अन्य ५ सदस्य छन् । समितिले एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ ।
‘हामीले छानबिनका लागि ६ सदस्यीय समिति बनाएका छौं । अहिले समितिले काम गरिरहेको छ । एक हप्तामा प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्छौं,’ अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले भने ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...