×

NMB BANK
NIC ASIA

करको बहानामा २१ सयसम्मले बढ्यो हवाई भाडा, धनगढीको टिकट दिल्ली जानभन्दा महंगो

काठमाडाैं | साउन ४, २०८०

NTC
Premier Steels

आन्तरिक वायुसेवा कम्पनीहरूले १ साउनदेखि करको बहानामा हवाई भाडा बढाएका छन् । सरकारले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) अनिवार्य तिर्नुपर्ने व्यवस्था गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले १३ प्रतिशतले नै हवाई भाडा वृद्धि गरेका हुन् । 

Muktinath Bank

आन्तरिक वायुसेवाहरूले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तोकेको भाडादर र इन्धन शुल्कमा १३ प्रतिशतले भ्याट जोडेर १ साउनदेखि नै टिकट बिक्री गरिरहेको छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वायुसेवा कम्पनीहरूलाई प्राधिकरणले न्यूनतम्, नर्मल र अधिकतम् भाडादरको सीमा तोकिदिएको हुन्छ, सोही सीमामा रहेर टिकटको मूल्य तोक्ने गरेका छन् । तर, वायुसेवा कम्पनीले नर्मल भाडादर भन्दा बढी र महंगो भाडादरमा नै बढी टिकट बिक्री गर्ने गरेका छन् । यस्तो भाडादर लिन पाउने अधिकतम् सीमासम्म नै पुगेर भाडा लिइरहेका छन् । वायुसेवा कम्पनीले टिकटमै जोडेर थप ५ सय रुपैयाँसम्म लिन्छन् । 


Advertisment
Nabil box
Kumari

१ साउनपछि आन्तरिक वायुसेवाले अधिकतम् भाडा र इन्धन शुल्क दुवैमा १३ प्रतिशत भ्याट जोडेर टिकट सार्वजनिक गर्दा उपभोक्तालाई भने हवाई भाडा महंगो परेको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कंडेलले वायुसेवा कम्पनीले आफूले पाउने गरी कुनै गन्तव्यमा पनि भाडा नबढाइएको र सरकारले तिर्नुपर्ने कर मात्र टिकटमा जोडिएको बताए ।

Vianet communication

कंडेलले भने, ‘वायुसेवा कम्पनीलाई सरकारले लिन पाउने भाडाको न्यूनतम् र अधिकतम् सीमा तोकिएको छ । सोही सीमाभन्दा एक रुपैयाँ पनि बढी कुनै गन्तव्यमा लिने गरिएको छैन । बढी माग आउने र लागत नै बढी पर्ने गन्तव्यमा अधिकतम् सीमानजिक भाडा पुग्नुलाई भने सामान्य मान्नुपर्ने हुन्छ ।’

वायुसेवा कम्पनीहरूले १३ प्रतिशत भ्याट थपेर टिकटको मूल्य सार्वजनिक गर्दा सबैभन्दा महंगो काठमाडौंबाट धनगढीको यात्राका लागि छ ।

यो गन्तव्यमा नर्मल भाडा ११ हजार ५ सय ८५ रुपैयाँ छ । यो भाडादरभन्दा बढी अधिकतम् लिन पाउने सीमा १७ हजार ९७० रुपैयाँसम्म आन्तरिक वायुसेवाले लिइरहेका छन् । आन्तरिक उडानमा यस्तो भाडादर अन्तर्राष्ट्रिय उडानबाट यात्रु हुने काठमाडौं–दिल्लीको भन्दा महंगो हो । 

काठमाडौं–दिल्लीको टिकट शुक्रवारका लागि ११ हजार २०६ रुपैयाँमा उपलब्ध छ । एरोलिना ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काका अनुसार वायुसेवा निगमको यो दरमा उपलब्ध हुने टिकटबाहेक अन्य वायुसेवाबाट पनि १२/१५ हजार रुपैयाँमा काठमाडौंबाट दिल्ली जाने टिकट पाइन्छ । तर, आन्तरिक उडानकै गन्तव्य धनगढी जान भने नर्मल भाडादर नै १८ हजारनजिक पुगेको छ ।

वायुसेवा कम्पनीले धनगढीका लागि सीमित सीटमा न्यूनतम् ७/८ हजारमा प्रवर्धनात्मक भाडा राख्ने गरेका छन् । यो गन्तव्यमा जान १२ हजार रुपैयाँ सामान्य अवस्थामा नै लाग्ने गर्छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने आर्थिक ऐनले गरेको व्यवस्थापछि आन्तरिक राजस्व विभागको पत्रबाट वायुसेवा कम्पनीले थप १३ प्रतिशत भाडा यात्रुबाट लिन थालेको बताए ।

भाडादर औपचारिक रूपमा नबढेको भए पनि करकै कारण वायुसेवाले टिकटमा मूल्य बढाएको उनको भनाइ छ ।

अहिले वायुसेवाले बढाएको टिकटको मूल्य कर तिर्नुपरेका कारण थपिएको र प्राधिकरणको सिफारिशबेगर भाडादर बढाउन नमिल्ने उनको जिकिर छ ।
 

null

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x