×

NMB BANK
NIC ASIA

यी हुन् गत आर्थिक वर्षमा सबैभन्दा कम व्यापार गर्ने ५ नेपाली फिल्म

काठमाडाैं | साउन ५, २०८०

NTC
Premier Steels

गत आर्थिक वर्ष २०७९/८० मा रिलिज भएका ५७ नेपाली फिल्ममध्ये ‘छक्का पञ्जा ४’ले सबैभन्दा धेरै कमाइ गरेको छ । 

Muktinath Bank

चलचित्र विकास बोर्डले बिहीवार सार्वजनिक गरेको बक्स अफिस कलेक्सन रिपोर्टमा ‘छक्का पञ्जा ४’ले १७ करोड ५२ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै, १७ करोड १७ लाख ग्रससहित ‘जारी’ सर्वाधिक कमाई गर्ने नेपाली फिल्ममा दोस्रो स्थानमा छ । ‘प्रेमगीत ३’ (नेपाली भर्सन) ७ करोड ७० लाख ग्रससहित तेस्रो स्थानमा छ । 


Advertisment
Nabil box
Kumari

चौथो स्थानमा रहेको ‘महापुरुष’ले ७ करोड ३८ लाख र पाँचौ स्थानमा रहेको ‘दुई नम्बरी’ले ३ करोड ३८ लाख ग्रस कलेक्सन गरेको विवरणमा उल्लेख छ । 

Vianet communication

थोरै कमाउने फिल्ममा भने ‘शिवानी’ परेको छ । यो फिल्मको ५ वटामात्र टिकट बिक्री हुँदा ५ सय २० रूपैयाँ मात्र ग्रस कलेक्सन भएको छ । थोरै कमाउने दोस्रो नम्बरमा ‘चोर पुलिस’ फिल्म परेको छ । यो फिल्मले १८ हजार ७ सय २५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । 

त्यस्तै थोरै कमाउने तेस्रो नम्बरमा परेको ‘सरी मम’ले २३ हजार, चौथो नम्बरमा परेको ‘आधि तुफान २’ले २८ हजार र पाँचौं नम्बरमा परेको ‘ए साथी सुन’ले ६० हजार रूपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ । यी पाँच नेपाली फिल्महरूले नेपालभरका हलबाट १ लाख रूपैयाँ पनि कमाइ गर्न नसकेका हुन् । 

विदेशी फिल्मतर्फ ‘पठान’ १३ करोड रूपैयाँ ग्रससहित सर्वाधिक कमाउनेमा पहिलो, ‘अवतार’ ८ करोड ग्रससहित दोस्रो र ‘ब्रम्हास्त्र’ ४ करोड रूपैयाँ ग्रस कमाइसहित तेस्रो स्थानमा छ । 

गत आर्थिक वर्षमा नेपालमा ७८ वटा विदेशी फिल्म प्रदर्शनमा आएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x