२५ जेठ २०८३, सोमबार

काठमाडौंको फोहोर विसर्जनको सकस : बञ्चरेडाँडा क्षेत्रमा प्रहरी र स्थानीयबीच तनावको स्थिति

साउन ५, २०८०
काठमाडौं
काठमाडौंको फोहोर विसर्जनको सकस : बञ्चरेडाँडा क्षेत्रमा प्रहरी र स्थानीयबीच तनावको स्थिति

५ दिनदेखि रोकिएको फोहोर विसर्जनका लागि प्रहरी पुगेपछि नुवाकोटको बञ्चरेडाँडाका स्थानीय आक्रोशित बनेका छन् । प्रहरीले बल गरेर फोहोर झार्ने तयारी गरेपछि प्रहरी र स्थानीयबीच झडपको स्थिति सृजना भएको छ ।

नुवाकोट र धादिङको सीमा पर्ने ढाँडेबजारमा स्थानीयहरू विरोधमा उत्रिएका हुन् । साउन १ गतेदेखि फोहोर विसर्जन हुन नसकेपछि काठमाडौंका सडकमा फोहोर थुप्रन थालेको छ ।

फोहोर उठ्न नसकेपछि काठमाडौं महानगरले फोहोर विसर्जन गर्न प्रहरीको सहयोग माग गरेको थियो । त्यसपछि शुक्रवार दुई ट्रक प्रहरीसहित फोहोर बोकेका गाडी पुगेका थिए । 

आन्दोलनरत एक स्थानीय महिलाले विगतको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतासहित काठमाडौं महानगरका मेयर बालेन साह आउनु पर्ने बताइन् । विगतमा सहमति कार्यान्वयन गर्न काठमाडौं महानगर र शहरी विकास मन्त्रालय इमानदार नबनेको उनीहरूको आरोप छ ।  

salt training

कमेन्ट गर्नुहोस्