२६ जेठ २०८३, मंगलबार
काठमाडौंको फोहोर विसर्जन शुरु

प्रहरीले बाटो खुलायो, स्थानीयको अवरोध छिचोल्दै बञ्चरेडाँडामा फोहोर खसाल्न शुरू

साउन ५, २०८०
काठमाडौं
प्रहरीले बाटो खुलायो, स्थानीयको अवरोध छिचोल्दै बञ्चरेडाँडामा फोहोर खसाल्न शुरू

स्थानीयबासीको विरोधका बीच काठमाडौंको फोहोर बोकेका गाडी ५ दिनपछि बञ्चरे डाँडामा पुगेका छन् ।

प्रहरीले बल प्रयोग गर्ने बताएपछि शुक्रवार अपरान्ह ४ बजेपछि फोहोर बोकेका दर्जनौं  गाडी बञ्चरेडाँडा तर्फ गएका हुन् ।

विगतमा भएका सहमति कार्यान्वयनको माग राख्दै स्थानीयले साउन १ गतेदेखि बञ्चरेडाँडामा फोहर फाल्न स्थानीयले अवरोध गरेका थिए । काठमाडौंका सडकमा फोहर थुप्रिएपछि प्रहरीसँगको समन्वयमा राजधानीको फोहोर विसर्जन शुरू भएको हो । 

प्रहरीको सुरक्षापछि फोहोर बोकेका दर्जनौं गाडी बञ्चरेडाँडा पुगेका छन् । सानो संख्यामा उपस्थित महिलाहरूले फोहोरका गाडीलाई अवरोध गर्न खोजे पनि प्रहरीले बाटो खुलाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्