३० असार २०८३, मंगलबार

‘मिस वर्ल्ड टुरिजम’ मा सहभागी हुन सजिना खनाल श्रीलंकामा

साउन ६, २०८०
काठमाडौं
‘मिस वर्ल्ड टुरिजम’ मा सहभागी हुन सजिना खनाल श्रीलंकामा

 ‘मिस वर्ल्ड टुरिजम’ मा नेपालको प्रतिनिधित्व गर्न सजिना खनाल श्रीलंकाको कोलम्बो लागेकी छिन् । कोलम्बोमा १२ दिनसम्म आयोजना हुने ‘मिस वर्ल्ड टुरिजम’ मा भाग लिन सर्लाहीकी २२ वर्षीया खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । ३५ देशको सहभागिता रहने प्रतियोगितामा सजिना नेपालको एक्लो प्रतिनिधि हुन् । 

'नेपाललाई नै प्रतिनिधित्व गर्दा उत्साह र नर्भस दुवै छु । यद्यपि मोडलिङ यात्राको क्रममा सँगालेको सिकाईलाई त्यहाँ अवश्य प्रयोग गर्ने छु', खनालले भनिन्,'अन्तिम समयमा मोडलिङसँगै विभिन्न क्षेत्रका व्यक्तिले विदाई स्वरुप दिनुभएको शुभकामनाले हौसला बढेको छ ।'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार खनाललाई बधाई तथा सफलताको शुभकामना दिएका थिए । मन्त्री किरातीले मन्त्रालयमा भएको भेटका क्रममा उक्त प्रतियोगितामा नेपालको पर्यटन प्रचार गर्न सुझाउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्