
कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटको सुनुवाइ अहिले सर्वोच्च अदालतको पूर्ण इजलासमा भइरहेको छ । रिटको सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा भइरहेको छ ।
सोमवार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको थियो ।
प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडेर बहुमत देखाएर कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गर्दै एमालेले रिट दायर गरेको थियो।
थापाको नेतृत्वमा गठित सरकार बदर गरी आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन एमालेले परमादेश माग गरेको छ ।