२९ असार २०८३, सोमबार

चामलको आयात आधाले घट्यो

साउन ११, २०८०
काठमाडौं
चामलको आयात आधाले घट्यो

गत  आर्थिक  वर्षमा  चामलको  आयात  आधाले  घटेर  १६  अर्ब  रुपियाँको  हाराहारीमा  झरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँको चामल मात्र आयात भएको छ । 

अघिल्लो वर्ष सो अवधिमा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँको चामल आयात भएकोे थियो । गत  वर्ष  धानको  उत्पादन  बढेकाले  पनि  चामल आयातमा कमी आएको हो । गत आवमा  विभिन्न मुलुकबाट ५६ अर्ब रुपियाँभन्दा धेरैको खाद्यान्न (धान, गहुुँ, मकै, कोदो, जौ, कनिका) आयात भएको छ, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्