०८ साउन २०८३, शुक्रबार

कामना सेवाको संस्थापक सेयर बिक्रीमा

साउन १५, २०८०
काठमाडौं
कामना सेवाको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको ५७ हजार भन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 
बैंककी संस्थापक सेयरधनी इल्या भट्टराई दीक्षितको नाममा रहेको ५७ हजार २५ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्।
यो सेयर खरिदका लागि ३५ दिने म्याद राखिएको छ। इच्छुक संस्थापक सेयरधनीहरुले तोकिएको अवधिभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। 
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने  छ। 

salt training

कमेन्ट गर्नुहोस्