०४ साउन २०८३, सोमबार

‘कार्साङ’मा दयाहाङ र सुरक्षाको शीर्ष भूमिका रहने

साउन १६, २०८०
काठमाडौं
‘कार्साङ’मा दयाहाङ र सुरक्षाको शीर्ष भूमिका रहने

निर्माणको तयारीमा रहेको फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । 

यम शेर्पाको निर्देशनमा बन्ने फिल्ममा मुख्य अभिनेताका रुपमा अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, नव-नायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन् । 

यार्सा फिल्मसको ब्यानरमा शेर्पा जातिको सामाजिक कथावस्तुमा यो फिल्म निर्माण हुन लागेको हो । 

फिल्ममा अभिनेत्री सुरक्षा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पुरा हुन लागेको निर्देशक शेर्पाले जानकारी दिए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ । यसअघि शेर्पाले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् । 

फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले जानकारी दिए । बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । तिहार लगतै बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा यस फिल्मको छायाकंन गरिने निर्माण पक्षले बताएको छ । 

फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै बिक्री भइसकेको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको हो । फिल्मको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच केही दिनअघि आधिकारिक सम्झौता भइसकेको छ । 

फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्मस (रोहित–रत्न)ले लिएको छ । फिल्मलाई नेपाल र विदेशमा एकैसाथ प्रदर्शन गर्ने निर्देशक शेर्पाले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्