०५ साउन २०८३, मंगलबार

वैद्य अर्गनाइजेशनका कर्मचारीलाई ॐ हस्पिटलमा उपचार गर्दा विशेष छुट

साउन १६, २०८०
काठमाडौं
वैद्य अर्गनाइजेशनका कर्मचारीलाई ॐ हस्पिटलमा उपचार गर्दा विशेष छुट

काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्वाराहीस्थित वैद्य अर्गनाइजेशनबीच सम्झौता भएको छ ।

वैद्य अर्गनाइजेशनको कार्यलयमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत तथा वैद्य अर्गनाइजेशनका निर्देशक वेदबहादुर श्रेष्ठले छुटसहित सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

वैद्य अर्गनाइजेशनका सदस्य र कर्मचारीहरूको लागि आवश्यक स्वास्थ्य उपचार सेवा सुलभ र सहज रुपमा पुर्‍याउने उद्देश्यले सम्झौता गरिएको बताइएको छ ।

सम्झौताअनुसार वैद्य अर्गनाइजेशनसँग सम्बन्धित कर्मचारी तथा उनको परिवारका सदस्यहरूले ॐ हस्पिटलबाट ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ अन्तर्गत पूर्णकालीन आवश्यक सेवाहरू विशेष छुटमा सहजरुपमा लिन सक्नेछन् ।

सम्झौतामा चिकित्सकसँगको परामर्श, विषेशज्ञ उपचार सेवा, नर्सिङ केयर, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, विभिन्न खोपको लागि व्यवस्था, रगत परीक्षण तथा प्रि हेल्थ चेकअप सेवा लगायतका सुविधाहरू उपलब्ध हुने छन् ।

ॐ अस्पतालले कर्पोरेट डेस्कमार्फत वैद्य अर्गनाइजेशनको संस्थागत सिफारिसमा उपचार तथा परीक्षणका लागि आउने सेवाग्राहीका लागि सम्पर्क व्यक्तिकोसमेत व्यवस्था गरेको छ ।

समारोहमा वैद्य अर्गनाइजेशनका एचआर तथा एडमिन प्रमुख विनिता कुइँकेल र ॐ हस्पिटलका विजनेस डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीलगायतको सहभागिता थियो ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य उपचार सेवा प्रदायक ॐ हस्पिटलले दुई दशक अघिदेखि नै आफ्नो व्यापार प्रवर्द्धन नीतिअनुसार विभिन्न संघ–संस्थाहरुसँग स्टाफ तथा परिवारजनसँगै ग्राहकहरूका लागि सरलीकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहीअनुरुप सेवा उपलब्ध गराउँदै आएको छ ।

निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको हस्पिटलले एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिनलगायत अन्य ३७ वटाभन्दा बढी विषयहरूमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

निःसन्तान दम्पतीलाई दाम्पत्य सुख प्रदान गर्ने आइभीएफ सेवाको शुरुवात गर्ने यो अस्पतालले मातृ शिशु सेवा, मुत्र रोग, मिर्गौला रोग र अर्बुद रोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियतसहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

स्वास्थ्यप्रति जागरूक नागरिकहरूकालागि यस अस्पतालमा भिन्न–भिन्न स्वास्थ्य परीक्षण प्याकेजमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्