२१ असार २०८३, आइतबार

सुगममा सरुवा हुन चाहनेको लर्को

साउन १७, २०८०
काठमाडौं
सुगममा सरुवा हुन चाहनेको लर्को

सुगम  क्षेत्रका  कार्यालमा  सरुवा  हुन  चाहनेको  निवेदनको  चाङ  सङ्घीय  मामिला  तथा सामान्य प्रशासन मन्त्रालयमा निकै ठुलो भइसकेको छ । तर सुगमबाट दुर्गम जान एउटा पनि निवेदन परेको छैन । 

मन्त्रालयले गत बिहीबार दुर्गम क्षेत्रमा काम गरेका कर्मचारीलाई सुगममा र सुगममा काम गरेका कर्मचारीलाई दुर्गम क्षेत्रमा सरुवा भई जान नौ दिनको समयसीमा दिएको थियो । 

मङ्गलबारसम्म १६१ जना कर्मचारीले सुगम क्षेत्रमा सरुवा भई जानका लागि मात्र निवेदन दिएका छन् । दुर्गम क्षेत्रमा कामकाज गर्नका लागि भने कुनै पनि कर्मचारीले निवेदन नदिएको सङ्घीय मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले  जनाएको  छ  ।  निवेदन  दिनेमा  खरिदारदेखि  उपसचिव स्तरसम्मका कर्मचारी छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्