३१ असार २०८३, बुधबार

एनआईसी एसिया बैंकको खुद नाफा ४ अर्ब ६५ करोड, ६ लाख बढी नयाँ ग्राहक थपिए

साउन २१, २०८०
काठमाडौं
एनआईसी एसिया बैंकको खुद नाफा ४ अर्ब ६५ करोड,  ६ लाख बढी नयाँ ग्राहक थपिए

एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०७९/०८० मा ४ अर्ब ६५ करोड रुपैयाँ बढी खुद नाफा गरेको छ। यो नाफा अघिल्लो आव २०७८/०७९ को भन्दा १० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ४ अर्ब २१ करोड रुपैयाँ खुद रुपैयाँ नाफा कमाएको थियो।

बैंकको वितरण योग्य नाफामा पनि केही बढेको छ। योग्य नाफा ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । अघिल्लो आवको असार मसान्तससम्मको वितरण योग्य मुनाफा ३ अर्ब ४२ करोड रुपैयाँ थियो।

यसैगरी प्रतिसेयर नेटवर्थ पनि ३८.८९ रुपैयाँले बढेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । बैंकले सो अवधिसम्ममा कर्जा व्यवसायतर्फ कूल कर्जा २ खर्ब ७१ अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन ३ खर्ब १४ अर्ब रुपैयाँ पुर्‍याएको छ ।

निष्कृय कर्जा अनुपातलाई ०.८० प्रतिशतमा सीमित रहेको छ। बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ।

बैंकले आव२०७९/८० मा ६ लाख बढी नयाँ ग्राहकहरू थप गर्दै ३८ लाखभन्दा बढी बनाएको छ।

बैंकको   ३६० शाखा कार्यालयहरू, ५५९ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्