०४ साउन २०८३, सोमबार

टेलिसिरियल ‘अति भो’मा जोडिए निर्मल शर्मा ‘गैंडा’

साउन २१, २०८०
काठमाडौं
टेलिसिरियल ‘अति भो’मा जोडिए निर्मल शर्मा ‘गैंडा’

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्य सिरियल ‘अति भो !’मा कलाकार निर्मल शर्मा ‘गैंडा’को आगमन भएको छ । सिरियलको पछिल्लो भागमा उनी देखिएका छन् । 

‘अति भो !’का लेखक एवं निर्देशक सुरज खनालका अनुसार दर्शकले आगामी भागमा पनि निर्मललाई देख्न पाउनेछन् । 

‘सिरियलमा उहाँ देखिन थाल्नुभएको छ । उहाँको आगमनले सिरियलको हाइपलाई अझ माथि पुर्याउने विश्वास छ’ निर्देशक खनालले भने । 

यो सिरियलमा रियाशा दाहाल, शर्मिला शर्मा, रेशम फिरिरि, धनराम मुस्कान, ईष्टु कार्की, युवराज तिमिल्सिना (राज), सुबि शाहीलगायतको साथमा निर्देशक खनाल स्वयंमको पनि अभिनय रहँदै आएको छ । 

हरेक आइतबार राती ८ः५० बजे यो सिरियल प्रसारणमा आउने गरेको छ ।

कमेन्ट गर्नुहोस्