३१ असार २०८३, बुधबार

यज्ञ सापकोटाको तीज गीत ‘घर झगडा ६’ सार्वजनिक

साउन २१, २०८०
काठमाडौं
यज्ञ सापकोटाको तीज गीत ‘घर झगडा ६’ सार्वजनिक

गायक यज्ञ सापकोटाले तीज गीत ‘घर झगडा’ भाग ६ सार्वजनिक गरेका छन् । 

आइतवार बेलुका सार्वजनिक यो गीतलाई अकलादेवी म्युजिकले प्रस्तुत गरेको हो । 

यसमा पशुपति शर्मा, सम्झना भण्डारी, पूजा देवकोटा, यज्ञ सापकोटा, सुन्दर प्रयास परियार र सित्तल कल्पना गरी ६ जना गायक/गायिकाले स्वर दिएका छन् । 

एउटा घरभित्रको झगडामा बनेको गीतका शब्द टंक डुम्रेले कोरेका हुन् । 

गायक यज्ञ सापकोटाकै संगीत रहेको गीतमा एरेन्ज विश्वास नेपालको छ । 

मदन खड्काको निर्देशनमा  यसको भिडियो बनेको हो । सुरवीर पण्डित, अंशु श्रेष्ठसँगै यज्ञ सापकोटा, टंक डुम्रे, प्रभा नाथ, शिखा थापा लगायतको अभिनय भिडियोमा हेर्न सकिन्छ । वीरेन्द्र भट्टको छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । 

‘घरझगडा’को ५ भाग सम्मलाई स्रोता एवं दर्शकले रुचाएसँगै भाग ६ ल्याइएको गायकले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्