२३ असार २०८३, मंगलबार

रेखा थापाको फिल्म सुटिङमा नजाँदै विवादमा

साउन २२, २०८०
काठमाडौं
रेखा थापाको फिल्म सुटिङमा नजाँदै विवादमा
निर्देशक ज्ञानेन्द्र देउजाका साथ अभिनेत्री रेखा थापा र पूजा शर्मा

अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको फिल्म ‘उपहार’ सुटिङमा जानुअघि नै विवादमा तानिएको छ । 

निर्माण टिमले फिल्मका कलाकार फाइनल गर्दै सुटिङको तयारी गरिरहँदा कथाकार सुलक्षण भारतीले आपत्ति जनाएका छन् । उनले प्रस्तुतकर्ता रेखा थापा र निर्देशक ज्ञानेन्द्र देउजाप्रति आफ्नो आपत्ति रहेको फेसबुकमा उल्लेख गरेका छन् । 

‘रेखाजी र देउजाजी दुवैप्रति गम्भीर आपत्ति प्रकट गर्न चाहन्छु । मेरो वान लाइन वा कथामाथि मेरो अनुमति र पारिश्रमिक बिना नै काम गर्न खोज्नु कतिसम्म न्यायोचित होला ?  मेरो प्रश्न ?’ सुलक्षण​ फेसबुकमा लेखेका छन् । उनको स्टाटसमा फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले ‘लाइक’ गरेपछि कमेन्टमा सुलक्षण र ज्ञानेन्द्रबीच आरोप–प्रत्यारोप चलेको छ । 

‘उपहार’ फिल्ममा रेखा र पूजा शर्माको शीर्ष भूमिका रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्