२३ असार २०८३, मंगलबार

वाणिज्य बैंकहरूले ७० अर्ब नाफा गर्दा बाँड्न मिल्ने ३२ अर्ब मात्र, कुन बैंकको कति ? [सूचीसहित]

साउन २२, २०८०
काठमाडौं
वाणिज्य बैंकहरूले ७० अर्ब नाफा गर्दा बाँड्न मिल्ने ३२ अर्ब मात्र, कुन बैंकको कति ? [सूचीसहित]

गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले ७० अर्ब ९ करोड रुपैयाँ नाफा कमाएका छन् । 

वाणिज्य बैंकहरूले गत आवमा कमाएको यस्तो नाफा अघिल्लो वर्ष २०७८/७९ को तुलनामा ११ अर्ब ८७ रुपैयाँले बढी हो ।

२०७८/७९ मा बैंकहरूले कमाएको यस्तो नाफा ५८ अर्ब २२ करोड रुपैयाँ थियो । त्यसको तुलनामा २०.३८ प्रतिशतले नाफा बढेको हो ।

बैंकहरूले कमाएको यस्तो नाफाबाट बाँड्न मिल्ने अर्थात वितरणयोग्य मुनाफा ३२ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार कुमारी र हिमालयन बैंकको नाफा वितरण क्षमता शून्य रहेको छ ।

अन्य बैंकहरू सबैले धेरथोर नाफा बाँड्न सक्ने अवस्था देखिएको छ । 

तथ्याङ्क अनुसार सबैभन्दा बढी नाफा बाँड्न सक्ने बैंकमा एभरेस्ट बैंक रहेको छ । यो बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ नाफा बाँड्न सक्ने क्षमता देखिएको छ । एभरेस्टको वितरणयोग्य मुनाफा ४०.५ प्रतिशत देखिएको छ ।  

गत वर्षको नाफाबाट सबैभन्दा कम वितरण क्षमता रहेकामा नेपाल एसबीआई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् । यी दुई बैंकको क्षमता ०.४६ प्रतिशत मात्रै छ । 

गत वर्ष सबैभन्दा बढी नाफा कमाउने नबिल बैंकको वितरणयोग्य नाफाको क्षमता १४.६४ प्रतिशत मात्रै छ । यो बैंकले गत वर्ष ७ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफाबाट नबिलले ३ अर्ब ९६ करोड रुपैयाँ वितरण गर्ने क्षमता बनाएको छ । 

गत वर्षको नाफाबाट ३१.९९ प्रतिशत वितरण योग्य नाफा बाँड्ने क्षमता बनाएको एनआईसी एसिया बैंक पनि अब्बलको सूचीमा परेको छ । 

यो बैंकले भने गत वर्ष पनि नाफा वितरण गर्न नपाएकाले यसको नाफा वितरण क्षमता यो वर्ष उच्च देखिएको हो । यो बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ नाफाबाट ३ अर्ब ६९ करोड रुपैयाँ वितरण गर्ने क्षमता बनाएको छ । 

हेर्नुहोस्, सूची :

null
 

salt training

कमेन्ट गर्नुहोस्